भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

काठमाडौं, १८ असोज । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । फ्रान्सका अलाँ आस्पेय,संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस बर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने भएको हो । क्वान्टम मेकानिक्सको खोजका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट उनीहरू सम्मानित हुने भएका हुन् । उनीहरूलाई ‘अल्झिएको फोटोनहरूको प्रयोग, […]
प्रचण्डलाई चितवनबाटै चुनाव लड्न गठबन्धनको दबाव

भरतपुर, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमै चुनाव लड्न सत्ता गठबन्धनले आग्रह गरेको छ । चितवनको पाँच दलीय सत्ता गठबन्धनले प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ मै उम्मेदवार बन्न आग्रह गरेको हो । असोज १८ गते बसेको गठबन्धनको बैठकले चितवन छोडेर अरु ठाउँमा प्रचण्डलाई उम्मेदवार नबन्न अनुरोध गरेको हो । […]
जनप्रतिनिधि थापाको भत्ता रकमबाट विद्यार्थीलाई सहयोग

भरतपुर, १८ असोज । भरतपुर महानगरपालिकाका एक जना वडा सदस्यले प्राप्त गरेको भत्ता रकम सामाजिक काममा प्रयोग गरेका छन् । भत्ताबापत प्राप्त गरेको ४० हजार रुपैयाँ ती जनप्रतिनिधिले जनताको सेवाका लागि प्रयोग गरेका हुन् । जनप्रतिनिधि भएर निर्वाचित व्यक्तिहरुले समाजसेवामा खासै खर्च गरेको पाइँदैन । तर भरतपुर महानगरपालिका वडा नम्बर १० का निर्वाचित युवा वडा […]
सीएमसी शिक्षण अस्पताल तोडफोड गर्ने १३ जना प्रहरीको नियन्त्रणमा

भरतपुर, १८ असोज । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको आइसियु कक्षमा तोडफोड भएको घटनापछि प्रहरीले १३ जनालई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । उपचारका लागि ल्याइएका बिरामीको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले मंगलबार दिउँसो अस्पतालको तेस्रो तलामा रहेको आइसीयुमा तोडफोड गरेका थिए […]
उत्तर कोरियाद्वारा जापानमाथि मिसाइल प्रहार

भरतपुर, १८ असोज । उत्तर कोरियाले जापानमा मिसाइल प्रहार गरेको छ । आणविक हतियार भएको उत्तर कोरियाले जापानमाथि मध्यम दूरीको मिसाइल प्रहार गरेको हो । यस अगाडि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा मिसाइल प्रहार गरेको हो । जापान सरकारले यस क्षेत्रका मानिसलाई सुरक्षित […]
चितवनमा हल्का वर्षा, भोलि पनि पानी पर्ने

भरतपुर, १८ असोज । बडादशैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दशैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नम्बर १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली […]
चलचित्र ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ, १८ असोज । अभिनेता राजेश हमाललाई ट्रिब्युट स्वरुप निर्माण भएको फिल्म ‘म राजेश हमाल’ले फस्टलुक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेको छ । जोन योञ्जनद्धारा निर्देशित फिल्म आगामी चैत १० गते प्रदर्शन हुनेछ । निर्माता केदार भुसालको जन्मदिन पारेर सार्वजनिक पोस्टरले नयाँ गन्तव्यमा निस्किएको युवतीको मनोभावलाई प्रस्तुत गरेको छ । छुट्दै गरेको ट्रकलाई पछ्याई रहेकी […]
नेपालसहित विभिन्न देशमा मनाइन्छ दशैँ
काठमाडौं, १८ असोज । हिन्दूहरूको महान पर्व दशैँ नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दु धर्मालम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म विभिन्न शक्तिपीठको आराधना गरी दशौँ दिन मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्छन् । आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाको दिन जमरा राखी नवमीसम्म हरेक दिन विभिन्न देवीहरूको पूजा गरिन्छ । […]
आज र भोलि देशभर वर्षा हुने

काठमाडाैं, १८ असाेज । आज र भोलि देशभर वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमीतर्फ सर्दै जानेक्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो । महाशाखाका […]
तलेजु भवानी मन्दिर आज एक दिन खुला

काठमाडौं, १८ असोज । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुलेको छ । दिउँसो तुलजा भवानीको यात्रा गरिनेछ । तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ […]
आज महानवमी : सिद्धिदात्रीको पूजा गरिँदै

काठमाडौं, १८ असोज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ । महानवमीमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र […]
प्रत्यक्षमा चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौं, १८ असोज । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । उनले आज सामाजिक सन्जालमा लेखेका छन्, ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’