जनप्रतिनिधि थापाको भत्ता रकमबाट विद्यार्थीलाई सहयोग

भरतपुर, १८ असोज ।
भरतपुर महानगरपालिकाका एक जना वडा सदस्यले प्राप्त गरेको भत्ता रकम सामाजिक काममा प्रयोग गरेका छन् । भत्ताबापत प्राप्त गरेको ४० हजार रुपैयाँ ती जनप्रतिनिधिले जनताको सेवाका लागि प्रयोग गरेका हुन् । जनप्रतिनिधि भएर निर्वाचित व्यक्तिहरुले समाजसेवामा खासै खर्च गरेको पाइँदैन । तर भरतपुर महानगरपालिका वडा नम्बर १० का निर्वाचित युवा वडा सदस्य रेशमराज थापा (ऋषि)ले समाजसेवालाई प्राथमिकता दिएका छन् ।

उनले आफूले पाएको भत्ता रकमलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् । सोही अनुरुप थापाले मंगलबार नारायणी माध्यमिक विद्यालय भरतपुरमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरेका हुन् । उनले बालबालिकाहरुलाई टिसर्ट, पाइन्ट र जुत्ता प्रदान गरेका छन् ।

सो क्रममा बोल्दै जनप्रतिनिधि थापाले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता भएकाले आफ्नै वडा भित्रको विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई लत्ताकपडा सहयोग गरिएको बताए ।

‘यो मेरो सुरुवात मात्रै हो, हिजो, आज, भोलि सदैव समाजका लागि यसरी नै शिक्षा र स्वास्थ्यमा खर्च गरेर सहयोग गर्नेछु’–थापाले भने । उनले दशैंको बीचमा कार्यक्रम गरिएकाले धेरै विद्यार्थी समेट्न नसकेको भन्दै आगामी दिनमा निरन्तरता दिने बताए । उनले सो विद्यालयका विद्यार्थीलाई मात्र नभई भरतपुरमा ठेला व्यवसाय गरि छोराछोरी पढाईरहेका अभिभावकलाई पनि कपडा सहयोग गरेका छन् ।

दशैँमा नयाँ कपडा पाएपछि बालबालिकाहरुको मुहारमा खुशीयाली छाएको छ । विद्यालयका अध्यक्ष टेकबहादुर थापाले युवा जनप्रतिनिधिको सकरात्मक कार्यले थप उर्जा मिलेको बताए । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई घरपरिवारलेसमेत माया नगरेको भन्दै जनप्रतिनिधिले दिएको सहयोगले विद्यार्थीहरुलाई हौसला मिलेको बताए । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सबैले माया गर्नुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट