विकूद्वारा मौलाकालिका पदमार्ग सरसफाइ

गैंडाकोट, १७ असोज ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मौलाकालिका मन्दिरको पदमार्ग सरसफाइ गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रसिद्ध धार्मिकपीठ मौलाकालिका मन्दिरको फेदीदेखि मन्दिर परिसरसम्म सरसफाइ गरिएको विकूका कार्यकारी अधिकृत माधव पौडेलले बताए । सरसफाइबाट करिब सात क्वीन्टल फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको पनि पौडेलले बताए ।

साथै सो अवसरमा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटालाई डस्टविन वितरणसमेत गरिएको थियो ।

बडा दशैँ फूलपातीको दिन आइतबार गरिएको सरसफाइ कार्यक्रममा विकूका करिब ५० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट