विकूद्वारा मौलाकालिका पदमार्ग सरसफाइ

गैंडाकोट, १७ असोज । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मौलाकालिका मन्दिरको पदमार्ग सरसफाइ गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रसिद्ध धार्मिकपीठ मौलाकालिका मन्दिरको फेदीदेखि मन्दिर परिसरसम्म सरसफाइ गरिएको विकूका कार्यकारी अधिकृत माधव पौडेलले बताए । सरसफाइबाट करिब सात क्वीन्टल फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको पनि पौडेलले बताए । साथै सो अवसरमा […]

राष्ट्रपतिले दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं, १७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँ २०७९ को अवसरमा यसवर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्ने भएकी छन् । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्री गण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधारणलाई दिउँसो […]

निर्दोष जीवनको `मैयाँ´को दोस्रो संस्करण सार्वजनिक

भरतपुर, १७ असोज । कथाकार निर्दोष जीवनको कथासंग्रह `मैयाँ´को दोस्रो संस्करण सार्वजनिक भएको छ । दोस्रो संग्रहमा ३१ वटा कथाहरू छन् । सङ्ग्रहका सबै कथाहरू सामाजिक बिसयमा लेखिएका छन् । गर्भपतनजस्तो आपराधिक प्रवृत्ति, अभिभावकबिनाको जीवनमा भोग्नुपरेका दुःख – कष्ट – यौवनलाई पैसासँग साट्न विवश चेलीको दर्दनाक कथालाई कथाकारले मीठो गरि कथामा बुनेका छन् । क्याम्पसको […]

कविडाँडा आख्यान पुरस्कार `छाइल´लाई

भरतपुर, १७ असोज । कविडाँडा आख्यान पुरस्कार- २०७८ लोकराज भट्टको `छाइल´ उपन्यासलाई दिइने भएको छ । कविडाँडा साहित्य समाज चितवनले केही वर्षदेखि हरेक वर्ष दिँदै आएको यो पुरस्कार यसवर्ष `छाइल´ उपन्यासलाई दिने निर्णय गरेको छ । `नेपाली भाषामा प्रकाशित आख्यानहरूमध्ये कुनै एक कृतिलाई प्रत्येक वर्ष अर्पण गरिने यो पुरस्कारका लागि यस वर्ष बुक्स हिमालयद्वारा प्रकाशित […]

सहरमा पिङ र चङ्गा देख्नै मुस्किल

काठमाडौँ, १७ असोज । सात/आठ वर्षअघिसम्म महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा जताततै पिङ देखिन्थे । महेन्द्रनगर बजार क्षेत्रमा आकासमा उडिरहेका रङ्गीबिरङ्गी चङ्गाहरु देख्न पाइन्थ्यो । तर अहिले सहरमा पिङ र चङ्गा उडाएको बिरलै देखिन्छ । उतिबेला महेन्द्रनगरस्थित खुला मञ्च, गोबरियास्थित निङ्लाशैनी मन्दिर र पूर्व पश्चिम राजमार्ग छेउ झलारी, वनसमिति र दैजीमा पिङ खेल्ने र चङ्गा उडाउनेहरुको […]

दशैँमा गाउँमै रमाइलो

गलकोट, १७ असोज (रासस) रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् । दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो । एघार जनाको परिवार रहेको उनका श्रीमान्को मृत्यु भयो । छोरा छोरी […]

दशैँ मनाउन १७ दिनमा १७ लाखले छाडे काठमाडौँ उपत्यका

काठमाडौं, १७ असोज (रासस) काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैँ मनाउन आ–आफ्नो घर गएका हुन् । विगत दुई वर्ष कोभिडका कारण दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लाहरुमा […]