संगीतकार ढकाल संगीत साधना सम्मानबाट सम्मानित

भरतपुर, १४ असोज ।
संगीतकार विशाल ढकाल सम्मानित भएका छन् । हाम्रो मझेरी साहित्य प्रतिष्ठानले २३औँ वार्षिकोत्सवका अवसरमा संगीतकार ढकाललाई `हाम्रो मझेरी संगीत साधना सम्मान- २०७९´ बाट सम्मान गरेको हो ।


गैडाकाेट नगरपालिका-५, पारिजात टाेल निवासी ढकाल रोजगारीका सिलसिलामा अस्ट्रेलियामा बस्दै आएका छन् । उक्त पुरस्कार ढकालको अनुपस्थितिमा उनकी श्रीमती सञ्जु ढकालले ग्रहण गरेकी हुन् । पिता कुलप्रसाद ढकाल र माता दुर्गामाया ढकालको सन्तान विशालका श्रीमतीसहित
छोरी श्रुति र छोरा श्रवण छन् ।

ढकालले २०५६ सालबाट संगीतयात्रा थालेका हुन् । उनले संगीत भरेको पहिलो गीत `पिरतीको नाउँमा सधैं …´ हो । यो गजल वरिष्ठ कवि गोविन्दराज विनोदीको सिर्जना हो । ढकालले १९ वर्षसम्म शिक्षण पेशामा पनि बिताएका छन् । गैंडाकोटस्थित बालविकास स्कुलमा शिक्षण गरेका ढकाल नेपाल रोयल्टी संकलन समाजका सदस्य हुन् ।

ढकाल वरिष्ठ संगीतकारहरू अम्बर गुरुङ, नातिकाजी, गोपाल योन्जन, भक्तराज आचार्य, शम्भुजित बास्कोटा आदिको संगीतबाट प्रभावित बनेको बताउँछन् । ढकालले अहिलेसम्म २०० वटा गीतमा संगीत भरेका छन् ।

ढकालको संगीतमा राजेश पायल राई, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिव परियार, दीपक लिम्बू, जगदिश समाल, अञ्जु पन्त, माण्डवी त्रिपाठी, प्रवीन वेदवाल, रामचन्द्र काफ्ले, अस्मिता अधिकारी, निशान भट्टराई, मिलन अमात्य, रिमा गुरुङ होडा लगायतले आवाज दिएका छन् ।
विशेषगरी गजल र आधुनिक गीतमा संगीत भरेका ढकालले जोश र बादसाह गरि दुईवटा चलचित्रमा पनि संगीत दिएका छन् ।

विदेशमा रहेर पनि सांगीतिक जीवनमा सक्रियताका साथ लागिपरेका ढकाल अन्य विभिन्न स्थानीय एवम् राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भएका छन् । नेपाल सरकारबाट २०७५ सालको नवलपरासी जिल्लाको उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित ढकालले `पिरतीको नाउँमा सधैं…´ र जहाँ स्वर्गभन्दा प्यारो …´ गरि दुईवटा गीतबाट उत्कृष्ट संगीतकारको रूपमा राष्ट्रिय उपाधी प्राप्त गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट