एक सय घर चेपाङ परिवारलाई दशैं काेसेली

राप्ती, १४ असोज । विकट पहाडी गाउँ राप्ती नगरपालिका-१३ मा पर्ने लाेथरकाे कान्दा, ज्यारबाङ ,भजेउरा, डिङमाङ डाँडा र कालीखोलाका एक सय घर चेपाङ परिवारलाई दशैंका लागि खाद्यान्न सहयाेग प्राप्त भएकाे छ । प्राप्त सहयोगलाई शुक्रबार लाेथर कालिखाेलामा वितरण गरिएकाे छ । विकट चेपाङ गाउँ कान्दा रूपान्तरणमा १२ वर्षदेखि सक्रिय रहँदै आएकाे मितेरी फाउण्डेशन नामक संस्थाले […]
२०७९ असोज १४ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)
नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै

काठमाडौं, १४ असोज । नवरात्रीको आज पाँचौं दिन । आज नवदुर्गामध्येकी पाँचौं स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो । सिंहासनगता नित्यं पद्माश्रितकरद्वया । शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।। स्कन्दमाताको चार हात रहेको छ […]
संगीतकार ढकाल संगीत साधना सम्मानबाट सम्मानित

भरतपुर, १४ असोज । संगीतकार विशाल ढकाल सम्मानित भएका छन् । हाम्रो मझेरी साहित्य प्रतिष्ठानले २३औँ वार्षिकोत्सवका अवसरमा संगीतकार ढकाललाई `हाम्रो मझेरी संगीत साधना सम्मान- २०७९´ बाट सम्मान गरेको हो । गैडाकाेट नगरपालिका-५, पारिजात टाेल निवासी ढकाल रोजगारीका सिलसिलामा अस्ट्रेलियामा बस्दै आएका छन् । उक्त पुरस्कार ढकालको अनुपस्थितिमा उनकी श्रीमती सञ्जु ढकालले ग्रहण गरेकी हुन् […]