जापानमा महिलाको औसत तलब पहिलो पटक ३० लाख येन पु¥याइयो

टोकियो, ११ असोज ।

जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ ।

जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन ९२० हजार ८६७ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।

राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन ९३० हजार ६ सय १३ डलर० थियो ।

जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो ।

सन् २०२१ मा पुरुषको औसत तलब ५४ लाख ५० हजार येन ९३७ हजार ६ सय ६१ डलर० थियो ।

सन् २००२ यताकै उच्च हो तर सन् १९९७ मा ५७ लाख ७० हजार येन ९३९ हजार ८ सय ७२ डलर० भन्दा कम हो ।

जापानमा पुरुषको तुलनामा महिलालाई ४५ प्रतिशत कम तलब दिइएको छ । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट