भारतमा आईफोन १४ को उत्पादन सुरु
नयाँ दिल्ली, ११ असोज । अमेरिका चीनबीचको ब्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ । चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एपलले आईफोन १४ बनाउन थालेको हो । चीनमा लागु गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको कारण देखाउँदै […]
थन्किएका विद्युतीय बस सञ्चालन गरिने

लुम्बिनी, १२ असोज । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनसँगै लुम्बिनीमा थन्किएका विद्युतीय बस असोज १३ गते बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक ९एडिबी०ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको सवारी साधन विगत तीन वर्षदेखि थन्किरहेको थियो । गृहमन्त्री खाणले विश्व पर्यटन दिवसको अवसरमा मङ्गलबार भैरहवामा आयोजित कार्यक्रममा अविलम्ब सञ्चालनमा ल्याउन सरोकारवाला […]
बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ

जलेश्वर, १२ असोज । महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन् । ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । अभियुक्त अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी बाँसघारीमा शव फालिएको अवस्थामा प्रहरीले शव […]
जापानमा महिलाको औसत तलब पहिलो पटक ३० लाख येन पु¥याइयो

टोकियो, ११ असोज । जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ । जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन ९२० हजार ८६७ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब […]
रवीन्द्र मिश्र नेतृत्वको ध्रुवीकरण पक्षधर समूह राप्रपामा

काठमाडौँ, १२ असोज । पत्रकारिता हुँदै लेखनबाट राजनीतिमा प्रवेश गर्नुभएका रवीन्द्र मिश्रले नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर समूह राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सँग एकताबद्ध भएको छ । राप्रपाले आज यहाँ आयोजना गरेको कार्यक्रममा मिश्र नेतृत्वको समूह वरिष्ठ उपाध्यक्ष लिएर एकताबद्ध भएको जानकारी गराइयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा एक सय ६५ […]
राष्ट्रवादीले नजिते देश विश्वको मानचित्रबाटै हट्ने जोखिम छ: विक्रम पाण्डे

भरतपुर, १२ असोज । पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विकासको लहर ल्याउन आँफुलाई जिताउन आग्रह गरेका छन् । राप्रपा चितवन क्षेत्र नम्बर ३ ले पार्वतीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कालोपत्रे टाँसेको भरमा विकास ग¥यौँ भनेर भ्रम छर्नेहरुलाई विकास कसरी गर्ने हो भनेर देखाउन तयार रहेको जीकिर गरे। ‘कालोपत्रे टाँसेको […]
चितवनबाट चुनाव लड्न ढोका बन्द भइसकेको छैनः लामिछाने

भरतपुर,१२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध लड्नसक्ने संकेत गरेका छन् । तर, जनताले हालेको भोटको सुरक्षामा उनले संशय प्रकट गरे । चितवनको माडीमा आयोजित नगर भेलामा लामिछानेले मत नागरिकले हालेको मत साटेर चुनाव जित्नेहरु शानसँग साइरन बजाउँदै हिँडिरहेको उल्लेख गरे । ‘त्यो अपराध समाजबाट लुकेको छैन […]
यात्रुलाई टिकटमा ठगी गर्ने ३३ पक्राउ

काठमाडौँ, १२ असोज । काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ । यात्रुलाई चाडपर्वको मौका […]
फर्निटेकले ल्यायो चाडपर्व लक्षित ‘ट्रीपल उपहार’ योजना

भरतपुर,१२ असोज । फर्निटेक नेपालले दशै तिहार तथा छठ पर्वलाई लक्षित गरि ‘दशै तिहार ट्रीपल उपहार’ योजना ल्याएको छ । भरतपुर -३ लायन्सचोकमा मुख्य सोरुम रहेको फर्निटेकले यो योजना अवधिभर फर्निचर खरिद गर्दा हरेक खरिदकर्तालाई विभिन्न उपहार प्याकेज ल्याएको फर्निटेक नेपालका मेनेजिङ डाईरेक्टर हरिशचन्द्र अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार फर्निटेक नेपालबाट रु ५० हजार […]