फर्निटेकले ल्यायो चाडपर्व लक्षित ‘ट्रीपल उपहार’ योजना

भरतपुर,१२ असोज ।

फर्निटेक नेपालले दशै तिहार तथा छठ पर्वलाई लक्षित गरि ‘दशै तिहार ट्रीपल उपहार’ योजना ल्याएको छ । भरतपुर -३  लायन्सचोकमा मुख्य सोरुम रहेको फर्निटेकले यो योजना अवधिभर  फर्निचर खरिद गर्दा  हरेक खरिदकर्तालाई विभिन्न उपहार प्याकेज ल्याएको   फर्निटेक नेपालका मेनेजिङ डाईरेक्टर हरिशचन्द्र अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार फर्निटेक नेपालबाट रु ५० हजार वा सो भन्दा बढीको फर्निचर खरिदमा हरेक खरिदकर्ताले भरतपुरको सि.एम.टी रिसोर्टमा दुर्इजना सम्मको लागि डिनर प्याकेज पाउनेछन ।

रु २ लाख वा सो भन्दा बढीको फर्निचर खरिदमा हरेक खरिदकर्ताले अशोका रिसोर्टमा दुई जनाको लागि स्टे (बेड र ब्रेकफास्ट) सहितको प्याकेज पाउने उनले बताए । रु ५ लाख वा सो भन्दा बढीको फर्निचर खरिद गर्दा खरिदकर्ताले दुई जनाको लागि सोल्टी वेस्टेन्ड रिसोर्टमा स्टे ( बेड र ब्रेकफास्ट)सहितको उपहार प्याकेज पाउनेछन् । उपहार  योजना दशैको घटस्थापना देखी छठको भोलिपल्ट सम्म मान्य रहनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट