राष्ट्रवादीले नजिते देश विश्वको मानचित्रबाटै हट्ने जोखिम छ: विक्रम पाण्डे

भरतपुर, १२ असोज ।

पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विकासको लहर ल्याउन आँफुलाई जिताउन आग्रह गरेका छन् ।  राप्रपा चितवन क्षेत्र नम्बर ३ ले पार्वतीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कालोपत्रे टाँसेको भरमा विकास ग¥यौँ भनेर भ्रम छर्नेहरुलाई विकास कसरी गर्ने हो भनेर देखाउन तयार रहेको जीकिर गरे। ‘कालोपत्रे टाँसेको भरमा विकास हुन्छ र? खै गुरुयोजना, ७७ वटै जिल्लामा गुरुयोजना छैनन”, उनले भने ,‘‘टालटुले विकासले देशको ढुकुटीमात्रै सकिन्छ, भिजन भएको नेता रोज्नुस् ।”

उनले मंसीर ४ को निर्वाचनमा राष्ट्रवादी सोच भएका र राष्ट्रप्रति समर्पित भएकाहरुलाई भोट हाल्न सुझाव समेत दिए । ‘‘मंसीर ४ मा राष्ट्रवादी शक्ति राप्रपाको जित हुनुपर्छ”, उनले भने, ‘‘राष्ट्रवादीले नजिते देश विश्वको मानचित्रबाटै हट्ने जोखिम छ, देश ववार्द गर्नेहरु गठबन्धन गर्दैछन् ।” नाटकीय भाषण गर्दै हिड्ने मोटाएका राष्ट्रघातीहरुलाई धपाउनुपर्ने तर्क गरे । उनले मार्न हिडेका र मान्छे मारेकाहरुको टाउकाको मूल्य लगाउनेहरु एउटै टोकरीमा बसेर जिल्लाहरु भाग लगाउन थालेको आरोप लगाए । ‘‘यो जिल्ला तेरा, यो जिल्ला मेरो भनेर भाग लगाएका छन् , देशलाई बर्बाद गर्ने सल्लाहमा छन्”, उनले भने , ‘‘उनीहरुले जिते चुनावपछि यो देश दयनीय हुनेछ, जनताको चुनावमै फैसला गर्नुपर्छ ।” उनले राप्रपालाई देशको नेतृत्व गर्ने अवसर दिएमा काम गरेर देखाउने दाबी गरे । ‘‘विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काएर यही रोजगारी दिन्छौँ”, उनले भने, ‘‘विश्वको अगाडी कहिल्यै झुक्दैनौँ ।”

अग्रगमनको छर्लाङ मारेको भन्नेहरुले समेत देशलाई भलो गर्ने काम गर्न नसकेको जनताले बुझिसकेको बताए । ‘‘राष्ट्रिय ढुकुटी रित्तिएका छन्, ऋणिहरुले ऋण तिर्न नसक्ने अवस्था छ, युवाहरु बेरोजगार छन”, उनले भने, ‘‘अब जनता जाग्नुपर्छ, मंसीर ४ लाई सुदपयोग गर्नुपर्छ ।” जनतालाई नयाँ जीवन र देशलाई निकास दिन हलोनै सबैभन्दा उचित विकल्प रहेको जीकिर गरे । राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले १ सय ५ जना पार्टी प्रवेश गरेको जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नम्बर ३ बाट नेता, कार्यकर्ताहरु अन्य पार्टी त्यागेर राप्रपामा प्रवेश गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट