चितवनबाट चुनाव लड्न ढोका बन्द भइसकेको छैनः लामिछाने

भरतपुर,१२ असोज ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध लड्नसक्ने संकेत गरेका छन् । तर, जनताले हालेको भोटको सुरक्षामा उनले संशय प्रकट गरे ।

चितवनको माडीमा आयोजित नगर भेलामा लामिछानेले मत नागरिकले हालेको मत साटेर चुनाव जित्नेहरु शानसँग साइरन बजाउँदै हिँडिरहेको उल्लेख गरे ।

‘त्यो अपराध समाजबाट लुकेको छैन । त्यसको छिनोफानो नहुँदै उनीहरूको राज्यसत्तामा पहुँच भएको यो अवस्थामा आजै, अहिल्यै कसरी वाचा गरौँ ? म भन्न सक्दिन । मेरा शब्दहरू घाँटीसम्म आएको छ । विभिन्न घटनाक्रमहरू मानसपटलमा आएर मलाई वाचा गर्न रोकिरहेका छन् । तर कहिलेसम्म रोकौँला ?’लामिछानेले भने ।
उनले चितवन ३ बाट चुनाव लड्ने ढोका आफूले बन्द नगरिसकेको बताए । ‘ढोका अझै खुल्ला छ । तर, धेरै कुराको ग्यारेन्टी हामीले लिनुपर्ने छ,’ उनले भने ।
माओवादी अध्यक्ष प्रचण्डले चितवन ३ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनकै क्षेत्रबाट रविले चुनाव लड्ने चाहना व्यक्त गरेका हुन् । यद्यपि, काठमाडौंका विभिन्न क्षेत्रलाई पनि उनले विकल्पमा राखेका छन् ।

 

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट