डेङ्गु विरुद्ध सचेतता र्‍याली

भरतपुर, ६ असोज ।
भरतपुरमा रहेको ज्ञानदर्शन इङ्लिस बोर्डिङ स्कुलले डेङ्गु रोग विरुद्ध सचेतना कार्यक्रम गरेको छ । विद्यालयमा रहेको जूनियर रेडक्रस सर्कलले बिहीबार डेङ्गु रोगका बारेमा जानकारी दिन सचेतनामुलक कार्यक्रम गरेको हो ।

सचेतनामुलक कार्यक्रम अन्तर्गत विद्यालयले र्‍यालीको आयोजना गरेको थियो । डेंगु रोगबाट बच्ने उपाय र यसका लक्षण आदिको बारेमा जानकारी दिन र्‍यालीको आयोजना गरिएको कार्यक्रम संयोजक सुरज पौडेलले बताए ।उनका अनुसार र्‍यालीमा कक्षा ६, ७, ८ र ९ मा पढ्ने विद्यार्थीहरूले हातमा प्लेकार्ड लिएर सडकमा निस्केका थिए । विद्यार्थीले “लामखुट्टेले तपाईँको रगत मात्रै होइन, ज्यान पनि लिन सक्छ, आफ्नो स्वास्थ्यको लागि आफै सचेत बनौं, झुल लगाऔं, लामखुट्टे भगाऔँ लेखिएका प्ले कार्ड हातमा लिएका थिए ।

ज्ञानदर्शन इङ्लिस बोर्डिङ्ग स्कुल भरतपुर ११ बाट सुरु भएको र्‍याली कुमारीचोक, अमन चोकहुँदै विद्यालयमा आएर समापन भएको संयोजक पौडेलले बताए । र्‍यालीमा शिक्षक, विद्यार्थी, अभिभावकलगायतको सहभागिता रहेको थियो ।

सचेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य मनिष घिमिरेले डेङ्गु विरुद्ध सबैजना एकजुट भएर लाग्नुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट