पदभार ग्रहण तथा बधाई कार्यक्रम

गैंडाकोट, २६ भदौ ।
नारायणी माध्यमिक विद्यालयमा आयोजित पदभार ग्रहण तथा बधाई कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै विद्यालयको शैक्षिक र भौतिक विकासमा ध्यान दिन आग्रह गरेका छन् । नगरप्रमुख अधिकारीले सबै विद्यालयले अनुशासित विद्यार्थीमार्फत सुन्दर समाजको परिकल्पना गरेकोसमेत बताए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ईश्वरीप्रसाद चापागाईंले फरक सोच र परिकल्पनाका साथ आफूले काम गर्ने बताएका छन् । यसैगरी नवनिर्वाचित शिक्षक अभिभावक संघका संयोजक हरिप्रसाद सापकोटाले परिवर्तनका लागि आफ्नो रचनात्मक भूमिका रहने बताए । विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा वडा नम्बर ७ का जनप्रतिनिधि धनबहादुर कुमालले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी जिसी, पूर्वजनप्रतिनिधि छलिमाया परियारलगायत स्थानीयहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई माइन्युट हस्तान्तरण एवम् पदभार ग्रहण गराइएको थियो । शिक्षक गोविन्द रिमालको सहजीकरण रहेको सो कार्यक्रम वडा नम्बर ७ का वडाध्यक्ष होमनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट