पदभार ग्रहण तथा बधाई कार्यक्रम

गैंडाकोट, २६ भदौ । नारायणी माध्यमिक विद्यालयमा आयोजित पदभार ग्रहण तथा बधाई कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै विद्यालयको शैक्षिक र भौतिक विकासमा ध्यान दिन आग्रह गरेका छन् । नगरप्रमुख अधिकारीले सबै विद्यालयले अनुशासित विद्यार्थीमार्फत सुन्दर समाजको परिकल्पना गरेकोसमेत बताए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ईश्वरीप्रसाद चापागाईंले फरक सोच र परिकल्पनाका […]

दशैँको पर्खाईमा चितवनको पर्यटन

आइतबारदेखि सोह्र श्राद्ध सुरु भएको छ । सोह्र श्राद्ध सकिएको भोलिपल्ट घटस्थापना पर्छ । यस हिसाबले अबको १६ दिनपछि दशैँ सुरु हुन्छ । घटस्थापनादेखि पूर्णिमासम्म १५ दिन दशैँमध्ये सुरुका ९ दिन नवदुर्गाको पूजाआराधना गरिन्छ । १०औँ दिनदेखि पूर्णिमासम्म टीका लगाउने चलन छ । दशैँको टीका लगाउने मुख्य दिन भनेको दशमी नै हो । त्यसैले दशैँलाई […]

१०४ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु,

काठमाडौँ,२६ भदौ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ३५८७ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन् । हाल देशमा २३१६ जना सक्रिय संक्रमित रहेका छन् ।

सुनचांँदी बचत तथा ऋण सहकारीको अध्यक्षमा रुवीन रामुदामु

चितवन,२६ भदौ । सुनचांँदी बचत तथा ऋण सहकारी (साकोस)को अध्यक्षमा रुवीन रामुदामु चयन हुनु भएको छ । शनिबार भरतपुर सम्पन्न संस्थाको १० औं साधारण सभा तथा चौथौं अधिवेशनले रामुदामुलाई सर्वसम्मत चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा टुलक प्रसाद विश्वकर्मा, सचिव निलेनमान शाक्य, कोषाध्यक्षमा प्रेमप्रकाश रामदाम, सहसचिवमा ऋतु विश्वकर्मा र सह कोषाध्यक्षमा बिक्रम घिमिरे चयन […]

चितवनबाट “डिजीटल स्मार्ट स्विच बोर्ड” उत्पादन सुरु

भरतपुर,२६ भदौ । चितवनमा तीन जनाको युवाको समुहले मोबाइल एप्लिकेसनबाटै “कन्टोल” गर्न सकिने डिजिटल स्मार्ट स्विच बोर्डको उत्पादन थालेका छन् । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टमा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा बि.ई पढेका माडीका जीवन दवाडी, सप्तरी राजविराजका सुनिल कुमार यादव, निजगढ बाराका सागर तिमिल्सिनाको अग्रसरतामा नेपालमै पहिलो पटक “डिजिटल स्मार्ट स्विच बोर्ड”को उत्पादन थालेका हुन् […]

माडीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

भरतपुर, २६ भदौ । माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो । शनिबारदेखि हराएका अधिकारी आज बिहान ८ः३० वजे […]

कृषियोग्य जमिन जोगाउन सरकारले अगाडि सा¥यो यस्तो नीति

काठमाडौँ, २६ भदौ । सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन गर्ने भएको छ । ठूलो मात्रामा कृषिउपजको आयात गर्नुपर्ने अवस्थाको सिर्जना भएपछि कृषियोग्य जमिनमा सकेसम्म घर तथा आवासस्थल बनाउन नदिने गरी सरकारले त्यस्तो व्यवस्था गरेको हो […]

विज्ञान शिक्षक समाजको थाहा नगर भेला सम्पन्न

मकवानपुर, २६ भदौ । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको थाहा नगरपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार थाहा नगरस्थित जनकल्याण माविको भवनमा भेला गरिएको हो । समाजका जिल्ला सदस्य तथा भेला आयोजक समितिका संयोजक श्रीधर कार्कीको अध्यक्षता र नगरप्रमुख विष्णुबहादुर विष्टकोे प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले नगर कार्यसमिति समेत चयन गरेको छ । जिल्ला […]