मकवानपुर, २६ भदौ ।
विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको थाहा नगरपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार थाहा नगरस्थित जनकल्याण माविको भवनमा भेला गरिएको हो । समाजका जिल्ला सदस्य तथा भेला आयोजक समितिका संयोजक श्रीधर कार्कीको अध्यक्षता र नगरप्रमुख विष्णुबहादुर विष्टकोे प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले नगर कार्यसमिति समेत चयन गरेको छ ।
जिल्ला कार्यसमिति सचिव सुवास खनालको संयोजकत्वमा जिल्ला सहकोषाध्यक्ष सानुमाया पाख्रिन र नगर सचिव सुदर्शन पौडेल रहेको तीन सदस्यीय निर्वाचन मण्डलले जनकल्याण माविका विज्ञान शिक्षक श्रीधर कार्कीको अध्यक्षतामा सर्वसम्मतरुपमा कार्यसमिति चयन गरेको हो । उक्त समितिमा उपाध्यक्ष प्रदीप केसी, सचिव हेमन्त कुवँर, सहसचिव विक्रम मल्ल, कोषाध्यक्ष भुपेन्द्र गोपाली, सहकोषाध्यक्ष शर्मिला आले, सदस्यहरूमा पिताम्बर घिमिरे, प्रतिमा दहाल, मिलन मुक्तान, जयलाल स्याङ्तान, शीला गोपाली, मिलन स्याङ्तान, ओमप्रकाशकुमार पण्डित र सल्लाहकारहरूमा निराजन कुँवर, नरेन्द्रप्रसाद सिंह र मनोज रायमाझी रहेका छन् ।
शिक्षक जीवन तिमल्सिनाले सहजीकरण गरेको कार्यक्रममा जिल्ला अध्यक्ष खेमराज लामिछाने, सचिव सुवास खनाल, नगर शिक्षा संयोजक माधवविक्रम मल्ल, थाहा नगर वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, नगर शिक्षक महासंघका अध्यक्ष राजाराम कार्की , जनकल्याण माविका सहप्रधानाध्यापक मनोज रायमाझीलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य जिल्ला सहकोषाध्यक्ष सुनमाया पाख्रिनले राखेकी थिइन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले स्थानीय निकायका समितिहरूले स्थानीय सरकारसँगको समन्वयमा कार्यक्रम अघि बढाउनु पर्ने बताए । साथै स्थानीय निकायले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, सुदृढिकरण र शिक्षा क्षेत्रमा नगरपालिकाले लगानी अभिवृद्धि गर्नुपर्ने बताए । नगर प्रमुख विष्टले कार्यपालिका शिक्षा क्षेत्रलाई अघि बढाउन सधैँ तत्पर रहेको साथै वैज्ञानिक र गुणस्तरीय शिक्षाका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताए । विज्ञान शिक्षाको गुणस्तर अभिवृद्धिमा स्ट्यानसँग परामर्श गरिने पनि विष्टले बताए ।





