भरतपुर,२२ भदौ ।
भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा डा.विश्वबन्धु बगाले नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ औं तहका चिकित्सक डा.बगालेलाई पठाएका हुन् । मन्त्रीस्तरीय निर्णयबाट बगाले नियुक्त गरिएको खबरहरु आएपनि उनले अहिलेसम्म पत्र पाएका छैनन् ।
उनी यसअघि हेटौंडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा कार्यरत थिए । उनले रत्ननगर बकुलहर अस्पतालको मेसु भएर लामो समय काम गरेका थिए ।
हाल भरतपुर अस्पतालको मेसुमा प्राडा कृष्णप्रसाद पौडेल रहेका छन् ।





