कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा शर्मालाई

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणपत्र निर्माण समितिको संयोजक तोकेको छ । सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मालाई मनोनयन गरेका हुन् ।
दिदीबहिनीसँग सिंगो आकाश ढाक्ने खुबी छ : मेयर अधिकारी

गैंडाकोट, २२ भदौ । गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले आत्मनिर्भर हुने र बोल्न सक्ने व्यक्ति सधैँ सफल हुने बताउँदै महिलालाई आधा आकाश भन्न नहुने बताएका छन् । शिवालय नमुना महिला समूह गैंडाकोटले आयोजना गरेको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिमका सहभागीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि अधिकारीले भने, ‘आफ्नो कलाकौशलले […]
कमेडियन अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, २२ भदौ। नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले सिंहविरुद्ध अनुसन्धानका लागि थप समय हिरासतमा राख्न अनुमति प्राप्त गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए । तर बोहोराले पाँचै दिन सिंहलाई हिरासतमा भने […]
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ: मन्त्री भुसाल

काठमाडौँ, २२ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भइरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सांसद डा भीमबहादुर रावलले, ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवद्र्धन गर्न […]
सामुदायिक पुस्तकालय सङ्घमा नयाँ नेतृत्व

चितवन, २२ भदौ । देशभरका सामुदायिक पुस्तकालयको छाता सङ्गठन नेपाल सामुदायिक पुस्तकालय सङ्घको यहाँ सम्पन्न १३औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सन्तोष रावलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा भरत खड्का र महासचिवमा राजेन्द्रप्रसाद पाण्डेय रहनुभएको छ । प्रदेश उपाध्यक्षहरुमा क्रमशः प्रदेश १ बाट भीमकुमारी रावत, मधेस […]
लयमा फर्किदै सौराहाका पर्यटन व्यवसाय

भरतपुर, २२ भदौ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा कोभिडले शिथिल पारेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन लागेको छ । लामो समयदेखि कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायी चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्ने आशमा छन् । उनीहरूले धमाधम चाडपर्व लक्षित छुट ‘प्याकेज’ घोषणा गरिरहेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी […]
सकियो बुलेट बाइकर्स जोनको बन्दीपुर हेरिटेज राइड

बन्दीपुर, २२ भदौ । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स जोनको आयोजनामा बन्दीपुर हेरिटेज राइड पूरा भएको छ । शुक्रबार चितवनबाट बन्दीपुर पुगी फेरि चितवन आएर सो राइड पूरा भएको हो । सो अवसरमा २२ रोयल इन्फिल्ड बाइक र ३४ जनाको सहभागिता रहेको थियो । सो दिन चितवनमा परेको अविरल वर्षा र […]
भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले

भरतपुर,२२ भदौ । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा डा.विश्वबन्धु बगाले नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ औं तहका चिकित्सक डा.बगालेलाई पठाएका हुन् । मन्त्रीस्तरीय निर्णयबाट बगाले नियुक्त गरिएको खबरहरु आएपनि उनले अहिलेसम्म पत्र पाएका छैनन् । उनी यसअघि हेटौंडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा कार्यरत थिए । […]
२०७९ भदौ २२ गते बुधबारको कायाकैरन दैनिक (E-paper)
क्रिकेटर लामिछानेमाथि १७ वर्षीया किशोरी बलात्कार गरेको आरोप
काठमाडौं, २२ भदौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । एक किशोरी र उनका आफन्तले लामिछानेले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । लामिछानेविरुद्ध मंगलबार साँझ उजुरी परेको प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार काठमाडौंको एक होस्टेलमा बस्ने १७ वर्षकी किशोरीले सन्दीपले भदौ पहिलो […]