क्रिकेटर लामिछानेमाथि १७ वर्षीया किशोरी बलात्कार गरेको आरोप

काठमाडौं, २२ भदौ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

एक किशोरी र उनका आफन्तले लामिछानेले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । लामिछानेविरुद्ध मंगलबार साँझ उजुरी परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार काठमाडौंको एक होस्टेलमा बस्ने १७ वर्षकी किशोरीले सन्दीपले भदौ पहिलो साता आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् ।

जाहेरपछि प्रहरीले बेलुका किशोरीको स्वास्थ्य परीक्षण गराएको छ । प्रहरीले घटनाबारे औपचारिक जानकारी गराएको छैन ।

आफन्तका अनुसार किशोरी सन्दीपको फ्यान थिइन् । सामाजिक संजाल मार्फत उनी सन्दीपसँग नजिकिएकी थिइन् ।

भदौ पहिलो साता नगरकोटमा लगेर घुमाएको र फर्किएपछि काठमाडौंको गौशालास्थित एक होटलमा आफूमाथि जवरजस्ती गरेको भन्दै किशोरीले जाहेरीमा उल्लेख गरेको स्रोतले जनाएको छ ।

नगरकोटबाट काठमाडौं फर्किँदा राति अवेर भइसकेकाले होस्टल जान नसकेको र सन्दीपसँग होटलमा बस्नुपरेको किशोरीको तर्क छ । राति होटलमा मादक पदार्थ खुवाएर आफूलाई करणी गरेको उनले बताएकी छन् ।

सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न देश बाहिर छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट