बन्दीपुर, २२ भदौ ।
रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स जोनको आयोजनामा बन्दीपुर हेरिटेज राइड पूरा भएको छ । शुक्रबार चितवनबाट बन्दीपुर पुगी फेरि चितवन आएर सो राइड पूरा भएको हो ।
सो अवसरमा २२ रोयल इन्फिल्ड बाइक र ३४ जनाको सहभागिता रहेको थियो । सो दिन चितवनमा परेको अविरल वर्षा र नारायणघाट–मुग्लिन सडकमा भएको अवरोधका बीच पनि राइडरहरूले सहभागिता जनाएका थिए ।





