सामुदायिक पुस्तकालय संघको केन्द्रीय अध्यक्षमा सन्तोष रावल चयन

सौराहा, २१ भदौ ।
नेपाल सामुदायिक पुस्तकालय संघको केन्द्रीय अध्यक्षमा सन्तोष रावल चयन भएका छन् । सौराहामा मंगलवार सम्पन्न १३औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष समेत रहेका रावल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन ।

संघको वरिष्ठ उपाध्यक्षमा भरत खड्का, उपाध्यक्षमा प्रदेश १ बाट भीमकुमारी रावत, मधेश प्रदेशबाट भरत गिरी, बागमती प्रदेशबाट सुजता विष्ट, गण्डकी प्रदेशबाट लीला भण्डारी, लुम्बिनी प्रदेशबाट चेतकान्त भट्टराई, सुदुरपश्चिमबाट ज्ञानुराज विडारी, महासचिवमा राजेन्द्रप्रसाद पाण्डे, सचिवमा बालकृष्ण थपलिया र कोषाध्यक्षमा सागर मिश्र चयन भएका छन् ।

सदस्यहरुमा लवहरि दाहाल, खड्गनारायण चौधरी, गंगा ढकाल, माधव भण्डारी, गोविन्द शर्मा, प्रतीक्षा चौधरी, पुष्पराज जोशी चयन भएका छन् । कार्यक्रममा महासचिव युवराज काफ्ले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेशनको मंगलबार बिहान रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले उदघाटन गरेका थिए । निवर्तमान अध्यक्ष केवशराज आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संघका संस्थापक अध्यक्ष वासु ढुंगाना, शिक्षा मन्त्रालयका उपसचिव यादव निरौला, रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठ, उपनिर्देशक चिनकाजी श्रेष्ठ, शिक्षाविद भोलानाथ शर्मा, रत्ननगरका नगर शिक्षा अधिकारी बद्री शर्मा, पुस्तकालयकर्मी जयश्वर गौतम सुमन, ओभा पाठकलगायतले मन्तव्य राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट