एन.बी. अन्जानको `मौसम´ सार्वजनिक

काठमाडौँ, २१ भदौ । चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” सार्वजनिक भएको छ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘ग्रयाण्ड महफिल सिजन २’ का अवसरमा “मौसम” सार्वजनिक गरिएको हो । महफिल सिजन २ का गजलकारहरु रुपेस अन्जान, हिमाल सरोवर, रोमा लम्साल, रहस्यविक्रम चिमरिया, महफिलका प्रस्तुतकर्ता बाबु त्रिपाठी र गजलकार एन.बी अन्जानले संयुक्तरुपमा […]
सामुदायिक पुस्तकालय संघको केन्द्रीय अध्यक्षमा सन्तोष रावल चयन

सौराहा, २१ भदौ । नेपाल सामुदायिक पुस्तकालय संघको केन्द्रीय अध्यक्षमा सन्तोष रावल चयन भएका छन् । सौराहामा मंगलवार सम्पन्न १३औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष समेत रहेका रावल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । संघको वरिष्ठ उपाध्यक्षमा भरत खड्का, उपाध्यक्षमा प्रदेश १ बाट […]
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने

कावासोती, २१ भदौ । कावासोती नगरपालिका वडा नम्बर १२ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । मंगलबार कावासोती नगरपालिका वडा नम्बर १२ र सनराईज बैंक लिमिटेड कावासोती शाखाबीच सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्ने सम्झौता भएको हो । जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरु कावासोती बैंकमा पुगेर भत्ता लिन समस्या भएकाले […]
पल शाहलाई बाल यौन दुरुपयोगमा साढे २ वर्षको जेल सजाय

भरतपुर, २१ भदौ । नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतले नायक पल शाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको हो । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने […]
उपत्यकाबाट लागुऔषधसहित पन्ध्रजना पक्राउ

काठमाडौँ, २१ भदौ । उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले पन्ध्र जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो । विभिन्न व्यक्तिले लागुऔषध एम्पुल खरिदको लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७, घडी सात र गितार चार थानसमेत प्रहरीले बरामद […]
नयाँ वर्ष मनाउँदै चेपाङ समुदाय

चितवन, २१ भदौ । लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व […]
चितवनमा जापनिज इन्सेफ्लाइटिसको महामारी

चितवन, २१ भदौ । जिल्लामा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । बाइसजना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा– १२ जनाको परीक्षणमा चार जनामा, माडीमा पाँच जनाको परीक्षणमा दुई जनामा, राप्तीमा दुई […]
डेङ्गु नियन्त्रण गर्न ध्यानाकर्षण

काठमाडौँ, २१ भदौ । राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगामी निर्वाचनमा महिला उम्मेदवारको प्रतिनिधित्व बढाउन, डेङ्गु रोग नियन्त्रण, अव्यवस्थित अवस्थामा रहेका सवारी साधनको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद अनिता देवकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संविधानको मर्म र भावनालाई ध्यानमा […]
चीनमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ४६ जनाको मृत्यु

काठमाडौँ,२१ भदौ । चीनको दक्षिणपश्चिमी सिचुवान प्रान्त गएको ६.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सिचुवान प्रान्तको लुडिङ काउन्टीमा सोमबार गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले जीवन बचाउन र मानवीय क्षति […]
चितवन गोल्डकप भदौ २५ गतेदेखि, तयारी अन्तिम चरणमा

भरतपुर,२१ भदौ । भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) मनाङ एफसी, भरतपुर फुटबल […]
प्रहरीद्वारा एक करोड बराबरको अवैध सामान बरामद

नवलपुर, २१ भदौ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार पश्चिमबाट पूर्वतर्फ […]
आजको मौसम: मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ, २१ भदौ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा […]
२०७९ भदौ २१ गते मंगलवारको कायाकैरन दैनिक (E-paper)
रोटरीको रक्तदान कार्यक्रम

भरतपुर, २१ भदौ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा सोमबार भएको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । चितवन र वरपरका क्षेत्रहरूमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पूरा गर्न रक्तदान कार्यक्रम गरिएको हो । रोटरी क्लब अफ नारायणगढ, रोटर्याक्ट क्लब अफ नारायणगढ र स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढको संयुक्त आयोजना र नेपाल […]