वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने

कावासोती, २१ भदौ ।
कावासोती नगरपालिका वडा नम्बर १२ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । मंगलबार कावासोती नगरपालिका वडा नम्बर १२ र सनराईज बैंक लिमिटेड कावासोती शाखाबीच सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्ने सम्झौता भएको हो ।

जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरु कावासोती बैंकमा पुगेर भत्ता लिन समस्या भएकाले वडा कार्यालयले बैंकसँग समन्वय गरि वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता वितरणका लागि पहल गरेको वडाअध्यक्ष ध्रुव खनालले जानकारी दिए । अध्यक्ष खनालका अनुसार वडा कार्यालयबाट जेष्ठ नागरिक अन्य १८३ जना , जेष्ठ नागरिक दलित १३ जना,जेष्ठ नागरिक एकल महिला २४ जना, एकल महिला ३० जना,पूर्ण अपांग ३ जना, अति अशक्त अपांग २३ जना र दलित बालबालिका २५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आईरहेको छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट