एन.बी. अन्जानको `मौसम´ सार्वजनिक

काठमाडौँ, २१ भदौ ।
चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” सार्वजनिक भएको छ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘ग्रयाण्ड महफिल सिजन २’ का अवसरमा “मौसम” सार्वजनिक गरिएको हो ।

महफिल सिजन २ का गजलकारहरु रुपेस अन्जान, हिमाल सरोवर, रोमा लम्साल, रहस्यविक्रम चिमरिया, महफिलका प्रस्तुतकर्ता बाबु त्रिपाठी र गजलकार एन.बी अन्जानले संयुक्तरुपमा मौसम सार्वजनिक गरेका हुन् ।

अन्जानको गजलमा यो तेस्रो कृति हो । `मरुभूमि साहित्य यात्रा` गजलसंग्रह, `आहुति` गजलसंग्रह, `आधा इन्चु` हाइकु एसिया कै सानो कृति, `कोपिला` नेपाली भाषाको पहिलो रुबाई महाकाव्य जस्ता चर्चित पुस्तकका लेखक हुन् अन्जान ।

यस पुस्तकको लेआउट तथा डिजाइन मुनलाइट इन्टरनेशनल मिडिया प्रालिले गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट