बागलुङ मुलपानी चितवन – नवलपुर समाज गठन

गैंडाकोट, २० भदौ ।
चितवन र नवलपुरमा रहेका बागलुङेहरूको एक भेलाले बागलुङ मुलपानी चितवन-नवलपुर समाज गठन गरेको छ ।

भेलाले गैंडाकोटका ध्रुवप्रसाद न्युरेको अध्यक्षतामा सत्र सदस्यीय कार्यसमिति समेत गठन गरेको छ ।

बागलुङ जिल्लाको समुन्नत भविस्य निर्माणका लागि र समग्र बागलुङमा रहेर विविध कारणले चितवन र नवलपुर बसोवास गर्ने बाग्लुङबासीहरुको एकताका लागि यो समाजको गठन गरिएको मुलपानी चितवन-नवलपुर समाजका अध्यक्ष न्युरेले जानकारी दिए ।

नवगठित समाजको उपाध्यक्षमा शान्ता पन्त र खिमा शर्मान्युरे, सचिव पिताम्बर पन्त र कोषाध्यक्ष यज्ञकुमार सापकोटा रहेका छन् ।

नवगठित समाजले सोही अवसरमा कालिदास पाण्डेको संयोजकत्वमा दुई सदस्यीय लेखा समितिको समेत गठन गरेको छ । लेखा समितिको सदस्यमा भीमबहादुर केसी र भक्त विलास शर्मा सदस्य रहेका छन् । समाज गठन भए लगत्तै नवगठित समितिलाई निर्वाचन मण्डलका संयोजक सन्तोष पन्तले पद तथा गोपनियताको सपथ गराएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट