ठेकेदारलाई कारबाहीदेखि नि:शुल्क बहिरङ्ग

गैंडाकोट,२० भदौ । गैँडाकोट नगरपालिकाले जनप्रतिनिधिको एकसय दिनको उपलब्धी सार्वजनिक गरेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात् गठन भएका स्थानीय सरकारले एकसय दिनमा गरेको उपलब्धी नगरप्रमुख मदनभक्त अधिकारीले सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको उपलब्धीमा यो अवधिमा नगरपालिकाले ७२ वटा काम गरेको उल्लेख गरेका छन् । नगरपालिकाले […]
पुष्पाञ्जली साकोसमा वामदेवको नेतृत्व

भरतपुर, २० भदौ । पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणगढको अध्यक्षमा वामदेव शर्मा घिमिरे चयन भएका छन् । संस्थाको १३ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा नेत्रप्रसाद आचार्य, सचिवमा प्रभात ढुंगाना, कोषाध्यक्षमा अरुणकुमार खनाल र सहसचिवमा सेवन पन्त छन् । त्यसैगरी सदस्यहरूमा अन्नपूर्ण […]
बागलुङ मुलपानी चितवन – नवलपुर समाज गठन

गैंडाकोट, २० भदौ । चितवन र नवलपुरमा रहेका बागलुङेहरूको एक भेलाले बागलुङ मुलपानी चितवन-नवलपुर समाज गठन गरेको छ । भेलाले गैंडाकोटका ध्रुवप्रसाद न्युरेको अध्यक्षतामा सत्र सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । बागलुङ जिल्लाको समुन्नत भविस्य निर्माणका लागि र समग्र बागलुङमा रहेर विविध कारणले चितवन र नवलपुर बसोवास गर्ने बाग्लुङबासीहरुको एकताका लागि यो समाजको गठन […]
गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २० भदौ । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजङ गुरूङलाई रिहाइ गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पु¥याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिनुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा […]
सिचुवान भूकम्प: सात जनाको मृत्यु

छन्दु, २० भदौ । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ । स्थानीय समयअनुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क […]
अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ: अध्यक्ष दाहाल

जनकपुरधाम, २० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई÷तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताउनुभयो । “गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो, […]
एनसीसी कलेजका विद्यार्थीसँग मेसु पौडेलको छलफल

रत्ननगर, २० भदौ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल सोमबार अपरान्ह रत्ननगरका विद्यार्थीहरूमाझ प्रस्तुत भए । यहाँको न्यू क्यापिटल कलेज (एनसीसी)मा आएका डाक्टर पौडेलले कक्षा ११ र १२ का विद्यार्थीलाई आफ्ना जीवनकालका अनुभवहरू सुनाए । न्यू क्यापिटल कलेजमा पढ्दै गरेका व्यवस्थापन र विज्ञान संकायका विद्यार्थीलाई डाक्टर पौडेलले आफूले डाक्टर बन्नु अगाडि अध्ययन गरेका […]
चितवनमा प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट, दुई जना पक्राउ

चितवन, २० भदौ । प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। चितवनको कालिका नगरपालिका–८ जुटपानी–शक्तिखोर सडकखण्डको गैरिवारीचोकबाट ना३५प ६५२० नम्बरको स्कुटरसहित विशाल पौडेल र विजय महत नाम गरेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। भदौ १८ गते बिहान करिब साढे ११ बजेको समयमा कालिका–८ गैरीवारीमा आइसक्रिम तथा […]
गठबन्धनलाई सिट बाँडफाँड गर्न मुस्किल, आज पनि बैठक बस्दै

काठमाडौं, २० भदौ । सत्ता गठबन्धनले आउँदो मङ्सिर चार गने हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेपनि सिट बाँडफाँट गर्न मुस्किल देखिएको छ । साउनभित्रै सिट बाँडफाँटको मोडालिटी टुंगो लगाउने जिम्मेवारीसहित ११ सदस्यीय कार्यदल पनि गठन भएको थियो । कार्यदलमा सहमति जुट्न नसकेपछि पछिल्लो समय शीर्ष नेताहरुबीच दिनदिनै छलफल भइरहेको छ । तर […]
एसिया कपमा भारतविरुद्ध पाकिस्तान ८ वर्षपछि विजयी

भरतपुर, २० भदौ । यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर फोरको खेलमा भारतविरुद्ध पाकिस्तान विजयी भएको छ । गएराति सम्पन्न रोमाञ्चक खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको हो । पाकिस्तानले २०१४ पछि भारतलाई एसिया कपमा हराएको हो । उसले त्यसयता भएको चारै खेलमा पराजय बेहोरेको थियो । भारतले दिएको १८२ रनको लक्ष्य पाकिस्तानले […]
अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं, २० भदौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ । प्रदेश १, मधेश प्रदेश, बागमाती प्रदेश गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा […]