भरतपुर, २० भदौ ।
यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर फोरको खेलमा भारतविरुद्ध पाकिस्तान विजयी भएको छ । गएराति सम्पन्न रोमाञ्चक खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको हो ।
पाकिस्तानले २०१४ पछि भारतलाई एसिया कपमा हराएको हो । उसले त्यसयता भएको चारै खेलमा पराजय बेहोरेको थियो । भारतले दिएको १८२ रनको लक्ष्य पाकिस्तानले १ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो ।





