गठबन्धनलाई सिट बाँडफाँड गर्न मुस्किल, आज पनि बैठक बस्दै

काठमाडौं, २० भदौ ।
सत्ता गठबन्धनले आउँदो मङ्सिर चार गने हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेपनि सिट बाँडफाँट गर्न मुस्किल देखिएको छ । साउनभित्रै सिट बाँडफाँटको मोडालिटी टुंगो लगाउने जिम्मेवारीसहित ११ सदस्यीय कार्यदल पनि गठन भएको थियो । कार्यदलमा सहमति जुट्न नसकेपछि पछिल्लो समय शीर्ष नेताहरुबीच दिनदिनै छलफल भइरहेको छ । तर अहिलेसम्म सहमति हुन सकेको छैन । नेपाली कांग्रेस एक सय सिट र नेकपा माओवादी केन्द्रले ६० सिटको दाबी नछाडेका कारण सहमति हुन नसकेको नेताहरुले बताउँदै आएका छन् ।

केन्द्रमा नेताहरुले सिट बाँडफाँडको टुंगो लगाउन नसक्दा तल्लो तहका कार्यकर्ता भने अलमलमा परेका छन् । आफ्नो क्षेत्रमा कुन पार्टीको कुन उम्मेदवार आउने भन्ने टुंगो नहुँदा कार्यकर्ताले चुनावी प्रचार प्रसार गर्न पाएका छैनन् । यस्तै जिल्ला स्तरीय नेताले पनि आफ्नो निर्वाचन क्षेत्रमा कुन नेता उम्मेदवार बनेर आउने हो भन्ने थाहा नहुँदा कार्यकर्तालाई स्पष्ट जवाफ दिन सकेका छैनन् ।

यसैबीच, सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज सोमबार पनि बस्दै छ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

आइतबारको शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई भनेको थियो । दुई दिनभित्रै सिट बाँडफाँटलाई टुंगोमा पुर्‍याउने गरी खाका ल्याउन भनिए अनुसार कार्यदलको बैठक आज बस्न लागेको एक सदस्यले जानकारी दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट