टेटु गुरौलाई राजा गिर्वाणको त्यो रुक्का

भरतपुर, १७ भदौ ।
कुनै बेला आदिमानव र आदिवासीको थलो भएको अन्वेषक डिआर पोखरेलले बताएका छन् । आजभन्दा २ लाख वर्ष अगाडि पानीको तलाउ रहेको यो क्षेत्र पानी सुक्दै गएर उपत्यकाको स्वरुपमा आएको पोखरेलले बताए ।
“भौगोलिक परिवर्तन भएर यहाँबाट पानी बगेर गयो र उपत्यका बन्यो । त्यसपछि हजारौं वर्ष दलदले जमिन, त्यसपछि वनस्पति उम्रेर घना जंगल, मानव सभ्यता र संस्कृतिको विकास हुन थाल्यो”, पोखरेलले बताए । प्रागैतिहासिककालको चितवन कस्तो थियो भन्ने बारेको विवरणसँगै पौराणिक ग्रन्थ र किंवदन्तीलाई पनि पोखरेलले बेलिबिस्तार गरे । पोखरेल आफैले लेखेको ‘संस्कृतिका सोपानमा चितवन’ पुस्तकको लोकार्पण समारोहमा शनिबार उनले चितवनको इतिहासका विविध सन्दर्भहरू सुनाएका हुन् ।

कुशेऔँशीको अवसर पारेर यो पुस्तक सार्वजनिक गरिएको हो । पोखरेल निवास भरतपुरमा आयोजना गरिएको कार्यक्रममा पाका व्यक्तित्व यमुनाप्रसाद न्यौपाने र विजय सुवेदीले यस पुस्तकलाई विमोचन गरेका हुन् । शनिबार नै लेखक पोखरेलको जन्मदिन पनि हो । आफ्नो जन्मदिनको अवसर पारेर १९ औं कृतिस्वरुप यो पुस्तक ल्याएको पोखरेलले सुनाए ।

लोकार्पणपछि विभिन्न व्यक्तिले पुस्तकमाथि टिप्पणी गरेका थिए । पत्रकार रमेशकुमार पौडेलले पुस्तकमा चितवनको इतिहास सँगसँगै राजनीतिक र सामाजिक चित्रण पनि जोडिएको बताए । “यहाँको संस्कृति, संस्कार र सभ्यतालाई जोडेर चितवनका आदिवासी र विशेषगरी थारू समुदायको चित्रण गरिएको छ”, पत्रकार पौडेलले भने, “चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने चितवनको बाहुल्य आदिवासी अन्तर्गत पर्ने चेपाङ समुदायको चित्रण भने अपुरो छ । चितवनको सामाजिक इतिहासका बारेमा केन्द्रित पुस्तकमा यहाँको संस्कृति र सभ्यताको अर्थ र महत्त्वको व्याख्या भने राम्रोसँग गरिएको छ ।”

मानव सभ्यताको इतिहासको अन्वेषण गर्दै चितवनलाई केन्द्र बिन्दुमा राखेर यो पुस्तक लेखिएको केदारनाथ खनालले बताए । “चितवनको इतिहासका बारेमा पाइएका प्रमाणित तथ्य पनि पुस्तकमा छन्”, खनालले भने । डाक्टर कर्णबहादुर बानियाँले अनुसन्धानकर्मी पोखरेलले यस पुस्तकमा चितवनको सभ्यता, संस्कृति र मध्यदेशको बारेमा खोजमुलक सामग्री समेटेको बताए ।
“चितवन उपत्यका महाभारत र चुरे पर्वत शृङ्खलाको दाउन्नेदेखि हर्नामाडीसम्म फैलिएको जलद्रोणी हो, जसलाई कुनैबेला राप्ती दून भनिन्थ्यो । यस उपत्यकामा विभिन्न समयमा अनेकौं जातिका मानिसहरूले रस्तीबस्ती बसाल्दै आएको हुनाले यो द्रोणी विविध संस्कृतिको संगमस्थल बन्न पुगेको छ”, बानियाँले भने, “लेखक पोखरेलले यस पुस्तकमा कुमाल, चेपाङ, थारू, दनुवार, दराइ, बोटे, माझी, र मुसहरलाई द्रोणीका आदिवासी भनेर तिनीहरूको संस्कृतिको बारेमा प्रकाश पार्नुभएको छ ।”

चितवन बौद्ध अनुसन्धान केन्द्रका संयोजक विजय सुवेदीले यो पुस्तक चितवनको सभ्यताको चिनारी भएको बताए । बौद्ध सभ्यताको देनस्वरुप चितवनमा मानव बसोबासको आरम्भ भएको इतिहासकाल र मध्यकालभरि यहाँ भएको विकास र सभ्यतालाई पुस्तकमा लेखक पोखरेलले प्रष्टसँग लेखेको सुवेदीले बताए । “ऐतिहासिक चितवनका गुमनाम सांस्कृतिक, धार्मिक र पौराणिक रहस्यहरू पनि पुस्तकमा छन्”, सुवेदीले भने ।

कार्यक्रमका सभापति यमुनाप्रसाद न्यौपानेले लेखक पोखरेललाई इतिहास, संस्कृति र पुरातत्वको खोजनीतिमा कहिल्यै नथाक्ने साधक भएको बताए । भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले पोखरेल चितवनको राजनीतिक क्षेत्रका पुरानो उर्जाशील व्यक्तित्वसँगै समाज अध्ययनमा सक्रियरूपमा लागेका स्रस्टा भएको बताए ।
हाम्रो सिर्जना त्रैमासिक पत्रिकाले प्रकाशन गरेको पुस्तकको मूल्य २०० रुपैयाँ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट