राष्ट्रियसभाबाट नागरिकता विधेयक हुबहु पारित

काठमाडौं, १७ भदौ । राष्ट्रियसभाले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । विधायन व्यवस्थापन समितिमा आवश्यक छलफलपछि राष्ट्रियसभामा पेस गरिएको विधेयकलाई शुक्रबार बहुमतले पारित गरिएको हो । बैठकमा गृहमन्त्री बालकृण खाणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव बहुमतले […]

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

काठमाडौं, १७ भदौ । कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको बताए । नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । […]

लायन्स क्लबको संयुक पदस्थापन कार्यक्रम गैंडाकोटमा सम्पन्न

गैंडाकोट, १७ भदौ । लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपाल अन्तर्गतका ९ क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम शुक्रबार गैंडाकोटमा सप्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब अफ मौलाकालिका लोटस, लायन्स क्लब अफ गैंडाकोट, वागेश्वरी गैंडाकोट सिटी, गैंडाकोट मौलाकालिका लिली, गैंडाकोट सिटी, गैंडाकोट मौलाकालिका ग्रिन, गैंडाकोट कालिगण्डकी, वागेश्वरि डाइनामिक र कालिगण्डकी पिसका वर्ष २०२२/२३ का […]

भरतपुर अस्पतालका मेसु पौडेलको एक वर्ष : बिरामीमा थपियो केही हर्ष

भरतपुर, १७ भदौ । केन्द्रीय स्तरको भरतपुर अस्पतालका प्रमुखको कार्यकाल कति समयसम्म रहने कुनै टुंगो हुँदैनथ्यो । पछिल्ला वर्षको अभिलेख हेर्दा थुप्रै प्रमुखहरू २–३ महिनामै फेरिएका थुप्रै उदाहरण छन् । तर यसपटक भने प्राडा कृष्णप्रसाद पौडेल लगातार लामो समयसम्म पदमा रहे । दोस्रोपटक भरतपुर अस्पतालको प्रमुख बनेर आएका पौडेल यस अस्पतालको मेडिकल सुपरिटेण्डन्ट (मेसु) भएको […]

टेटु गुरौलाई राजा गिर्वाणको त्यो रुक्का

भरतपुर, १७ भदौ । कुनै बेला आदिमानव र आदिवासीको थलो भएको अन्वेषक डिआर पोखरेलले बताएका छन् । आजभन्दा २ लाख वर्ष अगाडि पानीको तलाउ रहेको यो क्षेत्र पानी सुक्दै गएर उपत्यकाको स्वरुपमा आएको पोखरेलले बताए । “भौगोलिक परिवर्तन भएर यहाँबाट पानी बगेर गयो र उपत्यका बन्यो । त्यसपछि हजारौं वर्ष दलदले जमिन, त्यसपछि वनस्पति उम्रेर […]

देवचुलीमा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु

देवचुली, १७ भदौ । देवचुली नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु भएको छ । देवचुली उद्योग वाणिज्य संघ तथा बजार व्यवस्थापन समितिको सहकार्यमा देवचुली नगरपालिकाले बिहिबार देवचुली वडा नम्बर १७ फारम बजारबाट शिविर सुरु गरेको हो । पहिलो दिनको शिविरमा २१ वटा नयाँ दर्ता तथा ३२ वटा नवीकरण गरिएको छ । सो शिविरबाट करिब […]