गैंडाकोट, १७ भदौ ।
लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपाल अन्तर्गतका ९ क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम शुक्रबार गैंडाकोटमा सप्पन्न भएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ मौलाकालिका लोटस, लायन्स क्लब अफ गैंडाकोट, वागेश्वरी गैंडाकोट सिटी, गैंडाकोट मौलाकालिका लिली, गैंडाकोट सिटी, गैंडाकोट मौलाकालिका ग्रिन, गैंडाकोट कालिगण्डकी, वागेश्वरि डाइनामिक र कालिगण्डकी पिसका वर्ष २०२२/२३ का लागि नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं डिस्ट्रिक्ट ३२५ आर नेपालका गभर्नर सिद्धार्थलाल चुकेले ९ वटै क्लबका वर्ष २०२२/२३ का अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराए । द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर आरएस महत्तोले क्लब प्रवेश गरेका नयाँ सदस्यलाई लायनवादको परिचयसहित पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
लायन वर्ष २०२१/२२ का ९ वटै क्लबका अध्यक्षहरुले आफ्नो कार्यकालमा भएगरेका कार्यक्रमको विषयमा जानकारी दिइएको कार्यक्रममा लायन वर्ष २०२२/२३ का नयाँ अध्यक्षहरुले आफ्नो वर्षमा गरिने कामका बिषयमा कार्ययोजना समेत प्रस्तुत गर्दै लायन्सबादमा सक्रिय रहने प्रतिबद्धता समेत जनाएका थिए ।
कार्यक्रममा लायन्स क्लबका पुर्व गभर्नर रामप्रसाद भट्ट, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर आरएस महत्तो, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपाने, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर सुरेशकुमार श्रेष्ठ, प्रभातकुमार जोशी र राजकुमार श्रेष्ठ विशिष्ट अतिथि थिए । साथै कार्यक्रममा लायन्स लिडरहरु सुरेशकुमार श्रेष्ठ, दुर्गालक्ष्मी श्रेष्ठ, सुधा जोशी, प्रभाखर पण्डित, नारायणप्रसाद शर्मा, गणेश ढकाल, डाक्टर शारदा कुँवर, कृष्ण पाण्डेलगायत अतिथि थिए ।
कार्यक्रममा लायन्स क्लब अफ मौलाकालिका लोटसकी पूर्वअध्यक्ष लक्ष्मी भट्टराईलाई नेपाल सरकारले हरेक वर्ष प्रदान गर्ने “जनसेवाश्री विभूषण” बाट सम्मान गरेकोमा पुनः लायन्स क्लब मौलाकालिका लोटसलगायतका लायन्स क्लबले सोही कार्यक्रममा सम्मान समेत गरेका थिए । पदस्थापन कार्यक्रममा विविध सांस्कृतिक प्रहसन समेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा लायन्स क्लब अफ गैंडाकोट मौलाकालिका लिलीले प्रकाशन गरेको क्लब डाइरेक्टरीसमेत विमोचन गरिएको थियो । नौ क्लबले आयोजना गरेको संयुक्त कार्यक्रमको संयोजन लायन्स क्लब अफ गैंडाकोटका पूर्वअध्यक्ष देशबन्धु सिक्देलले गरेका थिए ।




