विनिता पौडेल स्मृति फुटबलको उपाधि न्युज नेपाल एफसीलाई

भरतपुर, १४ भदौ ।
स्वर्गीय विनिता पौडेल स्मृति नाइन ए साइड फुटबलको उपाधि न्युज नेपाल एफसीले जितेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा न्युज नेपाल एफसीले रड्स फुटबल क्लब रामपुरलाई पराजित गर्दै उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा न्युज नेपालले रड्सलाई २-० ले पाखा लगायो ।

न्युज नेपालले उपाधिसँगै ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित रड्सले ३० हजार रुपैयाँ प्राप्त गरेको छ । युकेश तामाङ प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै अश्विन तामाङ, सर्वाधिक गोलकर्ता, धिरज मोक्तान उत्कृष्ट स्ट्राइकर, जीवन गुरुङ उत्कृष्ट मिडफिल्डर र विशाल तामाङ उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरुलाई प्रमुख अतिथि भरतपुर २३ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, प्रयोजकहरु सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि, भिआइपी ग्रुप, कामना सेवा बिकास बैंक, आईसिएफसी फाइनान्सलगायतका प्रतिनिधिले पुरस्कार वितरण गरेको प्रतियोगिताका प्रतियोगिताका सह संयोजक श्रीराम तिमल्सिनाले जानकारी दिए ।

समापन समारोह क्लबका अध्यक्ष जितमान गुरुङको अध्यक्षतामा सम्पन्न भएक हो । दिव्यज्योती एफसीको आयोजनामा सम्पन्न प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको संयोजक जुननाथ सापकोटाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट