परीक्षा बोर्डको बैठक स्थगित, कक्षा १२ को नतिजा आज नआउने

काठमाडौं, १४ भदौ ।
कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक नहुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले ३ बजेका लागि बोलाएको बैठक स्थगित भएपछि नतिजा सार्वजनिक नहुने भएको हो ।

तीजको दिन नतिजा सार्वजनिक नगर्न सामाजिक सञ्जालबाट दबाब आएपछि बोर्डले बैठक सारेको छ । अनिश्चितकालको लागि बैठक सारिएको परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले जानकारी दिए ।

‘आजको बैठक ‘पोस्टपोन्ड’ गरिएको छ । आज बोर्ड नबस्ने जानकारी फोनमार्फत दिइसकिएको छ। तर अब बैठक कहिले बस्छ भन्ने चाहिँ निश्चित भैसकेको छैन,’ अर्यालले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट