देशभर दुई सय २६ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ, १३ भदौ ।

देशभर आज दुई सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार ११ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय २३ जना सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा र मुगु रहेका छन् ।

होम आइसोलेशनमा तीन हजार ८६, संस्थागत आइसोलेशनमा एक सय ४९, सघन उपचार कक्ष ९आइसियु० मा ४४ र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ३२ हजार दुई सय ९४ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट