दक्षिण पाकिस्तानमा डुङ्गा दुर्घटना: सात जनाको मृत्यु, १३ बेपत्ता
इस्लामावाद, पाकिस्तान, १३ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु हुनुका साथै अन्य १३ जना बेपत्ता भएका छन् । कम्तीमा २० जना सवार डुङ्गा सिन्धु नदी हुँदै जाँदै गर्दा प्रान्तको सेहवान सरिफ क्षेत्रमा बाढीको बहावमा फसेपछि पल्टिएको समाचारमा जनाइएको छ । उद्धार टोलीले सात जनालाई पानीबाट मृत अवस्थामा […]
समानुपातितर्फ ७६ दलको निवेदन
काठमाडौँ, १३ भदौ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन् । प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं १ मा विभिन्न ६३ दलबाट ५५ निवेदन, मधेस […]
२०७९ भदौ १४ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)
देवचुली सडकखण्ड कालोपत्रे हुँदै

देवचुली, १३ भदौ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत देवचुली खण्डमा बिग्रिएको सडक मर्मत गरिने भएको छ । सोमबार देवचुली नगरपालिकाका प्रमुख हरि न्यौपानेको पहलमा नारायणगढ – बुटवल सडक निर्माण आयोजनाका प्रतिनिधिहरुबीच भएको छलफलबाट यथाशीघ्र सडक मर्मत गरि आवागमन सहज गर्ने निर्णय भएको हो । गत साउन १७ गते नगरपालिकाको पहलमा निर्माण कम्पनीलाई सडक मर्मत गर्न […]
अङ्कुरम्मा स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिता

भरतपुर, १३ भदौ । अङ्कुरम् स्काउट ट्रुपको आयोजना तथा अङ्कुरम् एकेडेमी चितवनको सहयोगमा अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सनराइज इङ्लिस स्कुल प्रथम, ग्रिनल्याण्ड इङ्लिस स्कुल द्वितीय र एकता शिशु निकेतनका विद्यार्थीहरुले तृतीय स्थान हासिल गरे । प्रथम हुने समूहले १० हजार रुपैयाँ नगदसहित रनिङ शिल्ड प्राप्त गर्यो भने द्वितीय […]
देशभर दुई सय २६ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ, १३ भदौ । देशभर आज दुई सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार ११ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको […]
स्वीडेनको तटीय क्षेत्रमा ३०० यात्रु बोकेको पानी जहाजमा आगलागी
स्टकहोम, १३ भदौ । स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा आगलागी भएको स्वीडेनको सामुद्रिक अधिकारीहरूले बताएका छन् । स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले एएफपीसँग भन्नुभयो, “जहाजको डेकमा आगो लागेको छ, तीन वटा हेलिकप्टर र सातवटा जहाज घटनास्थलमा पठाइएको छ र जहाजलाई खाली गर्ने काम सुरु गरिएको छ ।” आगलागीबाट तत्काल […]
गठबन्धन अहिलेको अवाश्यकता : वरिष्ठ नेता पौडेल

काठमाडौँ, १३ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताउएका छन् । “हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ”, सम्पादकहरुसँग राजधानीमा आज भएको छलफलमा वरिष्ठ नेता पौडेलले भने । उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ […]
राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा रायमाझी

काठमाडौँ, १३ भदौ । नेपाली कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा रमेशजङ्ग रायमाझी मनोनयन भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका सदस्य रायमाझीलाई आज राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए । देउवाले दलको विधान (संशोधन […]
अवहेलना मुद्दामा सर्वाेच्चले माग्यो मेयर बालेनसँग लिखित जवाफ

काठमाडौं, १३ भदौ । सर्वाेच्च अदालतले अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दामाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बाटाको म्यादबाहेक सात दिन भित्र आफैं वा आफ्ना प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न […]
काठमाडौं महानगरका ३२ वटै वडामा डाक्टर र नर्स राखिने

काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाले ३२ वटै वडाका स्वास्थ्य केन्द्रमा कम्तिमा एक जना फिजिसियन डाक्टर र एक जना नर्स राख्ने भएको छ । नगरपालिकाको आइतबार बसेको आठौं बोर्ड बैठकले सोही प्रस्ताव पारित गरेको हो । स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै वडामा क्लिनिक सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरिएको महानगरका मेयर बालेन्द्र साहले बताए । […]
विधायन समितिमा आज नागरिकता विधेयकमाथि छलफल हुँदै
काठमाडैँ, १३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता ऐन संशोधन विधेयकमाथि सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ । यही भदौ १६ मा बस्ने राष्ट्रियसभा बैठकमा प्रतिवेदन पेस गर्ने तयारीका साथ सोमबार सो विधेयकमाथि छलफल हुन लागेको हो । सोमबार १२ बजे समितिको बैठक बस्दै छ । ज्येष्ठ सदस्यका हैसियतमा […]
मुगुका किसानलाई स्याउ टिप्ने चटारो

गमगढी, १३ भदौ । छायाँनाथ रारा नगरपालिका–५ का स्याउ किसान विष्णुमाया रोकायाको परिवारलाई यतिबेला आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ । उहाँको बारीमा १५ स्याउका बोट छन् । वडा नं ४ का किसान हरिबहादुर भाम बिहानैदेखि साँझ अबेरसम्म स्याउ टिप्न बारीमा नै व्यस्त हुनुहुन्छ । उनीहरू मात्र होइन, यतिबेला जिल्लाका स्याउ उत्पादन हुुने क्षेत्रका किसानलाई […]
माछा बिक्रीबाट मनग्ये आम्दानी

कञ्चनपुर, १३ भदौ । बेलौरी नगरपालिका–३ बन्धातालका सोवरन रानाले वार्षिकरुपमा रु तीन करोड लाख ७५ लाख बढीका माछा बिक्री गर्दै आउनुभएको छ । माछापालनका लागि उहाँले १५ पोखरी निर्माण गर्नुभएको छ । ती पोखरीमध्ये उहाँले १० वटामा माछा र पाँच पोखरीमा भुरा उत्पादन गर्दै आउनुभएको छ । “माछा बिक्री गरेर मात्रै रु एक करोड ५० […]
२०७९ भदौ १३ गते सोमबारको कायाकैरन दैनिक (E-paper)
आज हरितालिका तीजको दर खाने दिन

काठमाडौं, १३ भदौ । आज सोमबार हरितालिका तीजको अघिल्लो दिन । बेलुका घर घरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले […]