भरतपुर, १२ भदौ ।
भरतकुमार श्रेष्ठ विवशको कथासङ्ग्रह `अपहरण´माथि अन्तरक्रिया गरिएको छ । नेपाली लेखक सङ्घ चितवनको आयोजनामा आइतबार सङ्ग्रहका कथाहरू माथि विभिन्न पाठकले टिप्पणी राखेका छन् । कार्यक्रम नारायणी रिसोर्ट गैंडाकोटमा गरिएको हो ।
कार्यक्रमको सुरुवातमा सुरेन्द्र अस्तफलले टिप्पणी राखे । अस्तफलले नभेटिएको हीरा भेटिँदा र हैन म मिस्टर बिन गरि दुई वटा कथामाथि टिप्पणी राखे । गणेश श्रमणले धर्मले नसिकाएको कर्म माथि टिप्पणी राखे ।
मीना रिमालले खरानीमा फुलिरहेको जिन्दगी कथामाथि बोल्दै यस कथामा जातीय भेदभावको प्रसङ्ग समेटिएको बताइन् । त्यसैगरी आकाश पौडेलले बाँचे हाँस्न पाइन्छ कथामाथि टिप्पणी राखे ।
नवराज ढुंगानाले दलीय यात्रामा नागबेली जीवन कथामाथि टिप्पणी राखे । त्यसैगरी तन कता कता मन त उहीँ कथामाथि वसन्त पराजुलीले टिप्पणी राखे । प्रवासमा बस्नेले घरदेशलाई सम्झेको प्रसङ्ग कथामा बुनिएको पराजुलीले बताए । त्यसैगरी सिमरन क्षेत्रीले चिट पनि उहि पट पनि उहि शीर्षकको कथामाथि टिप्पणी राखिन् ।
रामकृष्ण अनायासले पुत्रमोहका जिजीविषाहरू कथामा टिप्पणी राखे । घरकी बत्तीमाथि हेरम्बकुमार श्रेष्ठले टिप्पणी राखे । मेरो सानो घरमाथि निर्दोष जीवनले टिप्पणी राखे । त्यसैगरी फाली खुस्किएको हलो माथि लेखराम सापकोटाले टिप्पणी राख्दै नेपाली समाज अझै पनि पुत्रमोहको लालसाबाट अलग हुन नसकेको प्रसङ्ग समेटिएको बताए ।
कार्यक्रमको अन्तिममा समग्र कथामाथि कृष्णमणि पहारी र रमेश प्रभातले समीक्षा गरे । कथाकार श्रेष्ठले कथामा निजी विचारलाई महत्त्व दिएको समीक्षक पहारीले बताए । सबै कथामा अपहरण शैलीको कथानक बुन्न कथाकार सफल भएको पहारीले उल्लेख गरे । समीक्षक प्रभातले कथामा व्याख्या बढी भए पनि कथाकारको विविध ज्ञान मिसिएको बताए ।
पुस्तककलाई शुक्ला साहित्य सङ्गम तनहुँले प्रकाशन गरेको हो । पुस्तकको मूल्य ३८५/- छ । कथाकार श्रेष्ठ बेलायतमा बसोबास गर्छन् । कथामा आप्रवासीका प्रसङ्गहरूलाई प्राथमिकताका साथ जोडिएको लेखक श्रेष्ठले बताए ।




