प्रचण्डको चुनावी कमाण्डर मेयर रेनु दाहाल

भरतपुर, १२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगरकी मेयर रेनु दाहाल भएकी छन् । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर बनाएको माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले बताए । सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा […]

`अपहरण´का कथामाथि गैंडाकोटमा चर्चा

भरतपुर, १२ भदौ । भरतकुमार श्रेष्ठ विवशको कथासङ्ग्रह `अपहरण´माथि अन्तरक्रिया गरिएको छ । नेपाली लेखक सङ्घ चितवनको आयोजनामा आइतबार सङ्ग्रहका कथाहरू माथि विभिन्न पाठकले टिप्पणी राखेका छन् । कार्यक्रम नारायणी रिसोर्ट गैंडाकोटमा गरिएको हो । कार्यक्रमको सुरुवातमा सुरेन्द्र अस्तफलले टिप्पणी राखे । अस्तफलले नभेटिएको हीरा भेटिँदा र हैन म मिस्टर बिन गरि दुई वटा कथामाथि […]

`तीज गीतका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ´

गैंडाकोट, १२ भदौ । रेडियो संकेत ९३ मेगाहर्जले आयोजना गरेको ‘बृहद तीज गीत प्रतियोगिता २०७९’ मा गैंडाकोट नम्बर १ को शुभटोल महिला समूह प्रथम भएको छ । प्रतियोगितामा वडा नम्बर १ मा कार्यालय रहेको मौलाकाली सामुदायिक वन उपभोक्ता समूह दोस्रो भएको छ भने तेस्रो हुनेमा वडा नम्बर २ को कालिगण्डकी महिला समूह रहेको छ । […]

एक युगको साक्षी : चनौलीको चौतारो

चौतारो भन्ने बित्तिकै तपाईंको मनमा के–कस्तो किसिमको चित्र कोरिन्छ ? के सोच्नुहुन्छ ? कुन ठाउँको तस्बिरले तपाईंलाई पछ्याइरहन्छ ? लेकबेसी गर्दा थकाई मार्न चौतारोको सहारा लिनुभयो होला । गाईभैँसी चराउँदा–चराउँदै दिउँसोको टन्टलापुरे घाममा थकाई मार्न चौतारो खोज्नुभयो होला । अथवा काठे पुलको कुलोमा पौडी खेलेर ढुङ्गामा सुतेपछि भएको गर्मीलाई शीतल पार्न पनि चौतारै खोज्नुभयो होला […]

गठबन्धन आजको आवश्यकता हो– नेता कोइराला

मोरङ, १२ भदौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पार्नुभयो । नेता डा कोइरालाले आगामी सङ्घीय […]

एमालेमा निर्वाचन परिचालन सचिवालय गठन

काठमाडौँ, १२ भदौ । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित सो चार सय ५१ सदस्यीय कमिटीका संयोजक एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकले सचिवालय गठन […]

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौँ, १२ भदौ । राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको हो । यसैगरी बैठकमा सचिव फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता ९पहिलो संशोधनन० विधेयक २०७९’ […]

विनयी खोलाले टिपर बगायो

कावासोती, १२ भदौ । विनयी त्रिवेणीमा विनयी खोलाले टिपर बगाएको छ । शनिबारदेखि आईरहेको अविरल वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ पाखापानीस्थित पाखापानी-सर्दी सडक खण्डमा राति ११:५० बजे ग २ ख १०२४ नम्बरको टिप्पर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । खोलाले टिपरलाई २०० मिटर जति बगाएको र खोलाको बीच भागमा […]

‘अपहरण’का कथामा प्रयुक्त भाव

भरतपुर, १२ भदौ । आफ्नो थातथलो छाडेर खाना, छाना, नाना र शिक्षाका लागि हाम्रा पितापुर्खा एक ठाउँबाट अर्को ठाउँमा बसाइँ जाने गरेका थिए । त्यसरी बसाइँ आएकाहरुले आवाद गरेको भूमि हो चितवन । त्यसो त समथरका केही थारु र पहाडी भेगका चेपाङलाई छाड्ने हो भने चितवन पूरै आन्तरिक आप्रवासीको भूमि हो भन्दा फरक पर्दैन । […]