राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौँ, १२ भदौ ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको हो ।

यसैगरी बैठकमा सचिव फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता ९पहिलो संशोधनन० विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी पनि गराउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक आजै केहीबेरमा पुनः बस्नेछ ।रासस

 

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट