कावासोती, १२ भदौ ।
विनयी त्रिवेणीमा विनयी खोलाले टिपर बगाएको छ । शनिबारदेखि आईरहेको अविरल वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ पाखापानीस्थित पाखापानी-सर्दी सडक खण्डमा राति ११:५० बजे ग २ ख १०२४ नम्बरको टिप्पर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
खोलाले टिपरलाई २०० मिटर जति बगाएको र खोलाको बीच भागमा पुर्याएको प्रहरीले जानकारी दिएको छ । टिपर चालक फरार रहेको र टिपरलाई निकाल्ने पहल भईरहेको प्रहरीले जानकारी दिएको छ ।





