प्रचण्डको चुनावी कमाण्डर मेयर रेनु दाहाल

भरतपुर, १२ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगरकी मेयर रेनु दाहाल भएकी छन् । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर बनाएको माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले बताए ।

सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाइएको छ । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रमा खटाएको हो । प्रचण्डको चुनावी क्षेत्र चितवन क्षेत्र नम्बर ३ हो । अरु केन्द्रीय सदस्यलाई समेत प्रदेशका १३ जिल्लामा कमाण्डर बनाएर खटाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट