मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धि अभिमुखीकरण

कावासोती, ७ भदौ ।
मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ ।पछिल्लो समयमा विश्वमा नै मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको बारेमा समुदायस्तरमा बहस र छलफल आवश्यकता देखिन थालेको छ । मानिसहरु साना साना विषयहरुको व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्ने, आफूलाई असर पुर्‍याउने र धुमपान तथा मद्यपान सेवनतर्फ बढेको विभिन्न तथ्यांकले बताएको छ ।

किशोरअवस्थामा मानसिक रुपमा स्वस्थ रहनुपर्ने र किशोरावस्थामा आउने तनावहरुको व्यवस्थापन गर्ने सिपको बारेमा सोमबार कावासोती-४ को सरस्वती नमुना माध्यमिक विद्यालयका किशोरकिशोरीलाई अभिमुखीकरण गरिएको हो । जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रमका ३५ जना किशोरी अभियन्ताहरुलाई जीवनउपयोगी सिप र किशोरकिशोरी अवस्थामा आउन सक्ने परिवर्तन र तनाव व्यवस्थापनको तालिम पश्चात उनीहरुले आफूले अध्ययन गरेको विद्यालय तथा आफ्नो समुदायमा अभिमुखीकरण गर्न थालेका हुन् ।

आजको कार्यक्रममा विद्यालयमा पढने बालबालिकाहरुलाई तनाव भनेको के हो ? यसको व्यवस्थापन कसरी गर्ने ? मानसिक स्वास्थ्य भनेको के हो ? मानसिक रुपमा स्वस्थ रहने उपायहरुको बारेमा छलफल गरिएको अभियन्ता गोमा पाण्डेले बताइन् । किशोर अवस्थामा हुँदा साना साना विषयहरुमा तनाव लिने गरेको र तालिम पश्चात आफूमा आएको परिवर्तनलाई साथीहरुलाई सिकाउँदा खुसी लागेको पाण्डेले बताइन् ।

पढाई, खेलकुद, साथीहरुसँगको सम्बन्ध, मोबाईल र माया प्रेम जस्ता विषयहरुमा बढी तनाव लिने गरेको र जसको कारणले धेरै किशोरकिशोरीहरुले धुम्रपान तथा मद्यपान गर्ने गरेको सहभागी किशोरी अर्चना पोखरेल बताईन् ।

किशोर अवस्थामा विपरित लिंगप्रतिको आकर्षण सामान्य रहेको र यसको सही व्यवस्थापन गर्न नसक्दा साथीसाथी बिच झगडा हुने, कुटपिट हुने, नबोल्ने र प्रतिशोध समेत लिने गरेको सहभागी किशोर उज्वल गाहाले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ८ लाख मानिसहरुको मृत्यु आत्महत्याबाट हुने गरेको जनाएको छ । यो समूहमा अझै किशोर अवस्थामा रहेकामा बढी रहेको संगठनले प्रतिवेदनमा उल्लेख गरेको छ । ९० प्रतिशत आत्महत्याहरु मानसिक रुपमा स्वस्थ नरहेका र तनावमा रहेकाबाट हुने गरेको उसको प्रतिवेदनमा समावेश गरेको छ ।

अभिमुखीकरण कार्यक्रमको किशोरी अभियन्ता कुमारी वान्टकी, भावना भण्डारी र गोमा पाण्डेले सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यालयको फोकल शिक्षक हीरा खनालसहित किशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट