मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धि अभिमुखीकरण

कावासोती, ७ भदौ । मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ ।पछिल्लो समयमा विश्वमा नै मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको बारेमा समुदायस्तरमा बहस र छलफल आवश्यकता देखिन थालेको छ । मानिसहरु साना साना विषयहरुको व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्ने, आफूलाई असर पुर्‍याउने र धुमपान तथा मद्यपान सेवनतर्फ बढेको विभिन्न तथ्यांकले […]

देश लुट्ने साझा अभियानमा नेताहरु एक भए : विक्रम पाण्डे

भरतपुर, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले देशलाई सिक्किमिकरण गर्ने षड्यन्त्र भैरहेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक भूपु सैनिक संगठन चितवनको कार्यसमिति गठन कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले सिद्धान्तहिन बनेका दलहरु विदेशीको इशारामा लागेको आरोप पनि लगाए । “अनेक बहाना बनाएर देशलाई सिक्किमिकरण गर्न छद्मवेशमा नेताहरु लागेका छन्”, उनले भने, […]

सरकारद्वारा उच्चस्तरीय तलब सुविधा आयोग गठन

काठमाडौँ, ७ भदौ । सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकनका लागि उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ ६ गते बसेको बैठकले देशको आर्थिक अवस्था र खर्च बहन गर्नसक्ने क्षमता समेतका आधारमा कर्मचारी र श्रमिकको तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन […]

चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग

काठमाडौँ, ७ भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गर्नुभएको हो । “भारतबाट नेपालमा […]

चितवनमा दलभित्र उम्मेदवारीका लागि जिकिर गर्ने बढ्दो

भरतपुर, ७ भदौ । सङ्घ र प्रदेशको निर्वाचन आउन तीन महिना बाँकी रहँदा प्रमुख दलहरुमा उम्मेदवारीका लागि जिकिर गर्नेहरु बढ्दै गएका छन् । पार्टीभित्र गुट र उपगुटको नेतृत्व गरेकाले आफ्ना पक्षका नेतालाई टिकट दिलाउन गृहकार्य गर्न थालेका छन् । मुख्यरुपमा नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा समाजवादी र राप्रपाका उम्मेदवारका बिचमा यहाँ प्रतिस्पर्धा […]

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

म्याग्दी, ७ भदौ । मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताउनुभयो । […]

आजको मौसम: मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ७ भदौ । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै भू–भागमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले […]

सिर्जनशील लघुवित्तको आइपिओ आउँदै

काठमाडौँ, ७ भदौ । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ १५ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु तीन करोड तिरान्नब्बे लाख ७५ हजार मूल्य बराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कास आइपीओको बिक्री खुला […]

फिनिस प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि

हेलसिन्की, ७ भदौ । साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि सोमबार गराएको प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो । प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा […]

भरतपुरको लाइम एण्ड लेमनमा `अर्थर गन´

भरतपुर, ७ भदौ । अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल–२०२० का उपविजेता ‘अर्थर गन’ (दिवेश पोखरेल)ले नेपालका विभिन्न शहरहरुमा प्रस्तुति दिने भएका छन् । उनलाई बियर ब्रान्ड टुबोर्गले गत हप्ता `होम कमिंग अर्थर गन´ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्रयाएको हो । अंग्रेज़ी गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा […]

डा. लम्सालको महाकाव्य `अग्नि´लाई चिसाप राजकृष्ण – मायादेवी पुरस्कार प्रदान गरिने

भरतपुर, ७ भदौ । चिसाप राजकृष्ण – मायादेवी साहित्य पुरस्कार २०७९ डाक्टर नवराज लम्सालको पुस्तक `अग्नि´लाई दिइने भएको छ । चितवन साहित्य परिषद्को सोमबार बसेको बैठकले लम्सालको महाकाव्य अग्निलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशि ३५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको छ । यो पुरस्कार चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष स्वर्गीय […]