डा. लम्सालको महाकाव्य `अग्नि´लाई चिसाप राजकृष्ण – मायादेवी पुरस्कार प्रदान गरिने

भरतपुर, ७ भदौ ।
चिसाप राजकृष्ण – मायादेवी साहित्य पुरस्कार २०७९ डाक्टर नवराज लम्सालको पुस्तक `अग्नि´लाई दिइने भएको छ । चितवन साहित्य परिषद्को सोमबार बसेको बैठकले लम्सालको महाकाव्य अग्निलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशि ३५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।

यो पुरस्कार चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष स्वर्गीय राजकृष्ण कँडेल र उनकी धर्मपत्नी मायादेवीको नाममा उनका परिवारले स्थापना गरेका हुन् । पुरस्कार १५७ औं मोती जयन्तीको अवसरमा आगामी शुक्रबार आयोजनामा गरिने विशेष साहित्यिक कार्यक्रममा प्रदान गरिने चितवन साहित्य परिषद्का सदस्य बालकृष्ण थपलियाले बताए । अघिल्लो साता मात्रै लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९’ र जनपुस्तकालय धनगढीबाट जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारबाट पुरस्कृत भएको अग्नि महाकाव्य प्रतिष्ठित मदन पुरस्कार र पद्मश्री पुरस्कारको मनोनयनमा पनि परेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट