भरतपुरको लाइम एण्ड लेमनमा `अर्थर गन´

भरतपुर, ७ भदौ ।
अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल–२०२० का उपविजेता ‘अर्थर गन’ (दिवेश पोखरेल)ले नेपालका विभिन्न शहरहरुमा प्रस्तुति दिने भएका छन् । उनलाई बियर ब्रान्ड टुबोर्गले गत हप्ता `होम कमिंग अर्थर गन´ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्रयाएको हो । अंग्रेज़ी गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा नेपाल निम्त्याएको हो ।

अर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायतका सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।यसै अन्तर्गत भरतपुरस्थित लाइम एण्ड लेमन लाउञ्ज क्यफेमा भदौ ८ गते (अगष्ट २४) का दिन बेलुकी ६ बजेदेखि ८ बजेसम्म अर्थर गनको लाईभ प्रस्तुति हुने भएको छ ।

२ हप्ता अगाडि बाटै टिकट बिक्री गरिएको यस कार्यक्रमको पहिलो चरण र विद्यार्थी सहुलियतका टिकटहरु बिक्री भईसकेका छन् भने दोश्रो चरणका केही टिकटहरु मात्र बाँकी रहेको आयोजकले जनाएको छ । लाईभ शुरू हुने दिन भदौ ८ गते दिउँसो २ बजेबाट नै टिकट बिक्री वितरण बन्द गरिने भएकोले अग्रिम टिकट सहित कार्यक्रममा उपस्थित हुन को लागि चितवनबासी संगीतप्रेमी दर्शकलाई आयोजकले अनुरोध गरेको छ ।

स्मरण रहोस्, ५०० जनाको सिट क्षमता भएको उक्त क्यफेमा यस अघि नवीन भट्टराई, सविन राई, लाहुरेसहित चर्चित ब्यण्डहरुले प्रस्तुति गरिसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट