“महिलामाथिका ८० प्रतिशत हिंसाका घटना परिवारबाटै”

भरतपुर,५ भदौ ।

हरितालिका तिज २०७९ को सन्दर्भ पारेर आदर्श नारी विकास केन्द्र केन्द्रीय कार्यालय चितवनले अतिथिसंग आदर्श कार्यक्रम सुरु गरेको छ । कुनैबेला विविध घटनामा परि न्याय पछि पनि अन्यौलतामा बाचिरहेका प्रभावित महिलाहरुलाई प्रेरणा दिन र महिलामाथिको हिंसा निराकरणका उपायको खोजी गर्न यो कार्यक्रम शुरु गरिएको हो ।

अभावलाई शक्तिमा ,पिडालाई आँट र हिम्मतमा परिणत गरि सफल बनेकी संस्थाकी आजीवन सदस्य सुमन सिलवाल (सामना पहाड)सँंग पहिलो अंकमा उनको जीवन भोगाई र आगामी यात्राबारे छलफल गरियो । सिलवाल विभिन्न बाधा र अवरोह पार गर्दै हाल निजामति अधिकृत तहमा कार्यरत छिन् । सिलवालले पितृसत्ताका कारण आफ्नो जीवनमा पनि नसोचेको घटना भएको र यो पीडालाई हिम्मतमा परिणत गरि सफल बनेको यथार्थ प्रस्तुत गरिन् । जिवनमा अगाडी बढ्न इच्छाशक्ति र निरन्तरको लगाव अनिवार्य हुने उनको बुझाई छ । “पितृसत्ताको कारण महिलाहरु खुलेर आफ्नो लक्ष्यमा अगाडी बढ्न सकेका छैनन् उनले भनिन् ,हामीले दिने संस्कारले पितृसत्तालाई मलजल गरिरहेको र यसले महिलामाथिको हिंसा बढाएको छ ।” महिला हिंसा विरुद्ध गरिने अबका कार्यक्रम चासो व्यक्त गर्ने मात्र नभई समस्याको निराकणतर्फ केन्द्रित हुनुपर्ने उनको निष्कर्ष थियो ।

सबै प्रकारका हिंसा शोषण र अन्यायमा परेका महिला तथा बालबालिकाको न्यायका लागि लड्दै आएको संस्थाले प्रेरणादायी व्यक्तिसंग समसामयिक महिलाका विषयमा छलफल गराउने उद्धेश्यले अतिथिसंग आदर्श शुरु गरेको संस्थाका अध्यक्ष मीना खरेलले जानकारी दिइन ।

अध्यक्ष खरेलले पछिल्लो समयमा घरेलु हिंसाका घटना डरलाग्दो रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन्। घरबाहिर भन्दा घरभित्र ८० प्रतिशत घटना हुने गरेको र यसको निराकरण आजको आवश्यकता भएको उनको भनाई थियो । संविधानले लिगंको आधारमा कुनैपनि भेदभाव गर्न पाइदैन भनेपनि घरभित्रको हिंसा नरोकिएको अधिबक्ता इन्दु कोइरालाले बताइन् । घरेलु हिंसा नियन्त्रणका लागि घरेलु हिंसा नियन्त्रण ऐन २०६६ आएको छ तर यो ऐनमै सिमित छ । दिनप्रतिप्रति बढ्दो हिंसाका घटनाले सामाजिक सामिप्यता र पारिवारिक आत्मियता घटेको भन्दै उनले बालयौनदुराचारका घटनाले त झन् परिवार र आफन्तसंगको विश्वास समेत गुमिरहेको बताइन्।

बढ्दो महिला तथा बालबालिका माथिको हिंसा निराकरणका लागि आदर्श नारीले विशेष कार्यक्रम मार्फत अभियान सञ्चालन गर्न लागेका संस्थाका उपाध्यक्ष उषा खरेल सुवेदीले बताइन्।
यसैबीच संस्थाले तीजको मर्मलाई सकरात्मक रुपमा प्रयोग गरि आमा छोरी सासु बुहारी बीचको सामिप्यता कायम राख्नका लागि तिज विशेष बहस गर्ने निर्णय समेत आजको छलफलले गरेको छ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट