नागरिकता विधेयक फिर्ता गर्न सरकारको ध्यानाकर्षण

कावासोती, ५ भदौ । नागरिकता विधेयक र संक्रमणकालीन न्यायमा नेपाल सरकारकोे गैरजिम्मेवार निर्णयप्रति राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) नवलपुरले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । संसदका प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट गठबन्धनको बहुमतले पास गरी राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक विभिन्न १५ सुझावसहित फिर्ता […]

“महिलामाथिका ८० प्रतिशत हिंसाका घटना परिवारबाटै”

भरतपुर,५ भदौ । हरितालिका तिज २०७९ को सन्दर्भ पारेर आदर्श नारी विकास केन्द्र केन्द्रीय कार्यालय चितवनले अतिथिसंग आदर्श कार्यक्रम सुरु गरेको छ । कुनैबेला विविध घटनामा परि न्याय पछि पनि अन्यौलतामा बाचिरहेका प्रभावित महिलाहरुलाई प्रेरणा दिन र महिलामाथिको हिंसा निराकरणका उपायको खोजी गर्न यो कार्यक्रम शुरु गरिएको हो । अभावलाई शक्तिमा ,पिडालाई आँट र हिम्मतमा […]

पाठकको अदालतमा लेखक ढकाल

भरतपुर, ५ भदौ । अक्षर समूह चितवनले शनिबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी उपन्यासकार महानन्द ढकाललाई पाठकको अदालतमा प्रस्तुत गरेको छ । ढकालको हालै प्रकाशित बुह्रान उपन्यासको अन्तरक्रिया कार्यक्रमका सिलसिलामा उनलाई पाठकको अदालतमा उभ्याइएको हो । ‘पाठकको अदालतमा महानन्द ढकाल’ कार्यक्रमलाई गणेश श्रमणले सहजीकरण गरेका हुन् । श्रमणले उदय अधिकारी, रेशम विरही र लेखक ढकालसँग […]

भरतपुरका १ सय ३३ भूमिहिन सुकुम्बासीले पाए लालपुर्जा

भतरपुर,५ भदौ । चितवनको भरतपुरमा एक सय ३३ जना भूमिहिन सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न २ का १ सय ३३ घरधुरी भुमिहिन सुकुम्बासी परिवारलाई आईतबार एक कार्यक्रमकाबीच लालपूर्जा वितरण गरिएको हो । लालपूर्जा वितरण गर्दै सुकुम्बासीलाई नेपाल सरकारका भूमि व्यवस्था सहकारीमन्त्री शशी श्रेष्ठले २ वर्षभित्र ४ […]

चितवनको एक्सपर्ट ग्राण्ड एजुकेशन फेयरमा करिव १ हजार ५ सयको सहभागिता

चितवन, ५ भदौं । चितवनमा “एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२” भव्य रुपमा सम्पन्न भएको छ । आइतबार भरतपुर–१० स्थित, होटल रोयर सेन्चुरी पछाडी रहेको आफ्नै भवनमा भव्य रुपमा फेयर सम्पन्न भएको हो । विहान ११ देखि सुरु भएको फेयर अपरान्ह ५ बजेसम्म संचालन भएको थियो । फेयरमा चितवनलगायत छिमेकी जिल्लाबाट समेत विद्यार्थी तथा अभिभावकहरु परामर्श […]

साँच्चैको फरक स्वाद भएको ‘फरक’

समकालीन पुस्ताको फरक शैलीकी लेखिका हुन् सानु शर्मा । आख्यानको क्षेत्रमा फरक पहिचान बनाएकी सानु शर्मा ६० को दशकमा आख्यानकारको रूपमा झुल्किएकी हुन् । स्वदेशी या विदेशी जुन कुनै परिवेशलाई आफ्नो कथामा आधार बनाई सिलसिला बुन्न सीपालु शर्माका अर्धविराम, जीतको परिभाषा, अर्थ, विप्लबी र उत्सर्ग जस्ता उपन्यास र एकादेशमा कथासंग्रह यसअघि प्रकाशित भइसकेका छन् । […]

देवचुलीमा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम

देवचुली, ५ भदौ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले शनिबार प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु देवचुली नगरकमिटीको आयोजनामा देवचुली वडा नम्बर ६ कीर्तिपुरका महिलाहरुमा भएका स्वास्थ्य समस्या तथा समाधानको उपायहरुको बारेमा छलफल गरिएको हो । देवचुली नगरपालिकाको पहाडी गाउँमा पर्ने कीर्तिपुरका महिलाहरुलाई प्रजनन स्वास्थ्य सचेतना प्रवाह गरि उनीहरुमा […]

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नगर्न निर्देशन

काठमाडौँ, ५ भदौ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति २०७९ मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने गरी घोषणा भई निर्वाचनको तयारीका भइहेको छ । […]

वामपन्थी नेताका बुझाइमा समाजवादी चिन्तक गिरी

काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई वामपन्थी नेताहरूले आलोचनात्मक दृष्टिकोण भएको माथिल्लो स्तरको प्रजातन्त्रवादी र मानवतावादी चिन्तकका रूपमा स्मरण गर्नुभएको छ । उहाँहरूले गिरीलाई नेपाली समाजले अध्ययनमा मेधावी, बौद्धिक तर्कसहितको मन्तव्य प्रस्तुत गर्ने हैसियत राख्ने मिलनसार र लोकतान्त्रिक मूल्य, मान्यतामा अडिग राजनीतिक व्यक्तित्वका रूपमा सदासर्वदा सम्झिरहने धारणा व्यक्त गर्नुभयो । नेकपा (एमाले) […]

मदिरा सेवनबाट कलेजो बिग्रने समस्या बढ्दो

भरतपुर, ५ भदौ । अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । उहाँले भन्नुभयो “कलेजो बिग्रने अवस्थामा जाँदै गरेका बिरामी दैनिक छ हाराहारी आउँछन् ।” अस्पतालमा कलेजोरोग विशेषज्ञ […]

बागलुङबाट माओवादीमा तीन सचिव

बागलुङ, ५ भदौ । यहाँका तीन नेता नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकसाथ पुग्नुभएको छ । शिक्षामन्त्रीसमेत रहनुभएका देवेन्द्र पौडेल, पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य सचिवमा चुनिनुभएको हो । शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उहाँहरूसहित २० पदाधिकारी चयन गरेको थियो । पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का हुनुहुन्छ । […]

आजको मौसम: मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ५ भदौ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ […]

५० जिल्लाका ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजबाट फाइजर खोप

काठमाडौं, ५ भदौ । सरकारले आजबाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा दिन लागिएको हो । मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ । बालबालिकालाई दिइने […]

नमस्ते आधुनिक लघुकथा मञ्चको साहित्यिक माहोल

राप्ती, ५ भदौ । राप्ती नगरपालिका वडा नम्बर ८ स्थित नन्दिनी पार्टी प्यालेसमा साहित्यिक कार्यक्रम गरिएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आयोजना गरेको स्रष्टा भेटघाट, परिचय, कला सँस्कृति प्रदर्शनी तथा विविध साहित्यिक रचना वाचन कार्यक्रमले साहित्यिक माहोल बनाएको हो । कार्यक्रममा मगर नृत्य, गुरुङ नृत्य, झाँकी नाच, तीज गीत प्रस्तुत गरिएको थियो । कार्यक्रम […]

टर्कीमा सवारी दुर्घटना हुँदा ३२ जनाको मृत्यु

शनिबार दक्षिणपूर्वी टर्कीमा भएको दुई फरक दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ । त्यस्तै, मार्डिनको डेरिक जिल्लामा भएको अर्को दुर्घटनामा १६ जनाको […]

गिरिको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।’ […]