नमस्ते आधुनिक लघुकथा मञ्चको साहित्यिक माहोल

राप्ती, ५ भदौ ।
राप्ती नगरपालिका वडा नम्बर ८ स्थित नन्दिनी पार्टी प्यालेसमा साहित्यिक कार्यक्रम गरिएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आयोजना गरेको स्रष्टा भेटघाट, परिचय, कला सँस्कृति प्रदर्शनी तथा विविध साहित्यिक रचना वाचन कार्यक्रमले साहित्यिक माहोल बनाएको हो ।

कार्यक्रममा मगर नृत्य, गुरुङ नृत्य, झाँकी नाच, तीज गीत प्रस्तुत गरिएको थियो । कार्यक्रम स्थलमा चित्रकार सीताराम उप्रेतीद्वारा बनाइएको दुई दर्जन भन्दा बढी चित्रहरुको प्रदर्शन पनि गरिएको थियो । संगीत गुरु तथा गायक कुमार सिंजालीलगायत उनको टीम र गायक सुरज कालाखेतीले कार्यक्रममा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा ४० जना भन्दा बढी साहित्यकारहरुले लघुकथा, गजल, कविता, मुक्तक जस्ता आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

वाल्मीकि साहित्य सदनका अध्यक्ष तथा वरिष्ठ साहित्यकार रामबाबु घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटीले गरेका थिए । डल्लाकोटीले धेरै समयदेखि साहित्यिक कार्यक्रम हुन नसकेकोले कला सँस्कृतिलगायत विभिन्न विधाहरुमा रचनावाचन गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताए । त्रैमासिक रुपमा यस्ता कार्यक्रमहरु आयोजना गरिने पनि उनले बताएका छन् ।

कार्यक्रममा जनप्रतिनिधि, लेखक, साहित्यकारलगायतको उल्लेख्य उपस्थिति रहेको थियो । राजेश रुम्बा, रामशरण थपलिया, मिठु डल्लाकोटी र अञ्जु सिंजालीले कार्यक्रमलाई सञ्चालन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट