गिरिको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, ५ भदौ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।’

उनले नेता गिरिको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरिको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट