देवचुलीमा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम

देवचुली, ५ भदौ ।
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले शनिबार प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु देवचुली नगरकमिटीको आयोजनामा देवचुली वडा नम्बर ६ कीर्तिपुरका महिलाहरुमा भएका स्वास्थ्य समस्या तथा समाधानको उपायहरुको बारेमा छलफल गरिएको हो । देवचुली नगरपालिकाको पहाडी गाउँमा पर्ने कीर्तिपुरका महिलाहरुलाई प्रजनन स्वास्थ्य सचेतना प्रवाह गरि उनीहरुमा आउने समस्या समाधानका लागि सचेत गराउन कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु देवचुलीका सचिव सुजन भुसालले बताए ।

अनेरास्ववियु देवचुली नगर कमिटी अध्यक्ष शिशिर गैरेको अध्यक्षता भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य सागर न्यौपानेको प्रमुख आतिथ्यता एवम् स्वास्थ्यकर्मी जायश्वर भुसालको विशिष्ट आतिथ्यता र देवचुली नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मीनबहादुर सोतीको विशेष आतिथ्यता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा प्रजनन स्वास्थ्य सम्बन्धि रहेका गलत तथा रुढीबादी धारणाहरुलाई हटाउँदै व्यक्तिगत स्वास्थ्य विशेष ध्यान दिनुपर्ने, महिनावारी स्वच्छता सम्बन्धि ध्यान दिनुपर्ने कुराहरु, गर्भपतन रोकथामका उपायहरु, बच्चा जन्माउँदा आमा र बच्चाको ख्याल कसरी गर्नेलगायतका विषयमा स्वास्थ्यकर्मी जायश्वर भुसालले सहजीकरण गरेका थिए ।

देशलाई समृद्ध बनाउन स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र आधुनिकीकरणको आवश्यकता रहेको अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य सागर न्यौपानेले बताए । ´अझ हाम्रो ध्यान बिरामी भएर उपचार गर्नेतर्फ भन्दा पनि बिरामी नै नहुने उपाय अबलम्बन गर्नेतर्फ हुनुपर्छ` न्यौपानेले भने ।

कार्यक्रममा महिनावारी र गर्भावस्थाका सचेतनामुलक पम्लेट वितरण गरिएको थियो । सो कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट