नहरमा खसेर रत्ननगरमा बालिकाको मृत्यु

भरतपुर,२९ साउन।

चितवनको रत्ननगरमामा नहरमा खसेर बालिकाको मृत्यु भएको छ । आज बिहान १० बजे रत्ननगर नगरापलिका -१६ एकता टोलका बिमल केसीकी ६ वर्षीया छोरी संस्कृति केसीलाई नहरले बगाउदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार घर अगाडि खेल्ने क्रममा सस्कृति नजिकै रहेको सिचाईको नहरमा खसेकी थिइन् ।
नहरमा खसेकी उनको खोजतलास गर्ने क्रममा ३ किमि टाढा सेवाकेन्द्र टोल नजिकै अचेत अवस्थामा फेला पारी तत्काल उपचारको लागि स्थानिय गुञ्जमानसिंह अस्पताल लगिएपनि डाक्टरले मृत घोषणा गरेको उनले बताए । मृतक बालिकको शव पोष्टमार्टमको लागि भरतपुर  अस्पतालमा पठाईएको छ ।

 

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट