२०७९ साउन ३० गते सोमबारको कायाकैरन दैनिक (E-Paper)
विवेकशील साझाको अध्यक्षमा समीक्षा र संयोजकमा सञ्जिववल्लभ चयन

काठमाडौं, २९ साउन । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै सो पार्टीको केन्द्रीय समितिको बैठकले बास्कोटालाई अध्यक्ष चयन गरेको हो । यस्तै पार्टीको संयोजक पदमा सञ्जिववल्लभ भट्टराई चयन भएका छन् । भट्टराई कार्यसम्पादन समिति सदस्य हुन् । बागमती प्रदेश पूर्व संयोजक […]
राष्ट्रपतिले गरिन् नागरिकता विधेयक फिर्ता

काठमाडौं, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक फिर्ता भएको हो । संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ आनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए । […]
नहरमा खसेर रत्ननगरमा बालिकाको मृत्यु

भरतपुर,२९ साउन। चितवनको रत्ननगरमामा नहरमा खसेर बालिकाको मृत्यु भएको छ । आज बिहान १० बजे रत्ननगर नगरापलिका -१६ एकता टोलका बिमल केसीकी ६ वर्षीया छोरी संस्कृति केसीलाई नहरले बगाउदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार घर अगाडि खेल्ने क्रममा सस्कृति नजिकै रहेको सिचाईको नहरमा खसेकी थिइन् । नहरमा […]
आदिवासी जनजातिको माग: सरकारी सेवामा समावेशीकरण
भरतपुर,२९ साउन। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनले सरकारी क्षेत्रमा समावेशीकरण गर्नुपर्ने भन्दै आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ। नेपालका जुनसुकै क्षेत्रबाट आएको भए पनि सरकारी सेवामा आदिवासी जनजाति समुदायको पहुँच पु¥याउनुपर्ने भन्दै नेफिन चितवनले हाल स्वास्थ्य क्षेत्रलाई हेरेर भरतपुर अस्पतालका मेसु प्राडा पौडेललाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। […]
प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति

काठमाडौं, २९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ । आइतबार बिहान करिब ७ बजे खुमलटार पुगेका डा.भट्टराई र अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा छलफल भएको थियो । आजको छलफलपछि दुई नेताबीच निर्वाचनमा […]
गठबन्धन डर र कर दुवै होः नेता पौडेल

भरतपुर, २९ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने दाबी गरे । उनले भने, “ कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि […]
२०७९ साउन २९ गते आइतबारको कायाकैरन दैनिक (E-Paper)
तमू ह्युलको माडी इकाइ गठन,अध्यक्षमा भरतबहादुर

माडी, २९ साउन । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदको माडी इकाइ अध्यक्षमा भरतबहादुर गुरुङ चयन भएका छन्। शनिबार ह्युल छोँज धीँका केन्द्रीय सचिव सन्तलाल गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलाले इकाइ समिति गठन गरेको हो। २३ सदस्यीय समितिको उपाध्यक्षमा पेजबहादुर गुरूङ, सचिवमा प्रतिमा गुरूङ, प्रचार सचिवमा बलराम गुरूङ र संगठन सचिवमा अर्विन गुरूङ […]
नेपालमै सुखी जीवन बिताउन सकिन्छ: मन्त्री भुसाल

फिनल्याण्ड, २९ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताउनुभएको छ । उहाँले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिनुभयो । तीजको अवसरमा फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार […]
आजको मौसम: मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ, २९ साउन । देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश नं १ का एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । हाल मनसुनको […]
दल दर्ता गर्न तीन दिन बाँकी

काठमाडौं, २९ साउन । आगामी मंसिर ४ हुने गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय तीन दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आयोगले निर्माण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका […]